6 years ago
January 14, 2019
दिपक बोहोरा, पाँचथर
झापा ११ फुटबल क्लबले दशौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाले ए डिभिजन टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै वर्षको पहिलो उपाधि जितेको हो । उपाधिसँगै झापा ले नगद चार लाख प्राप्त गर्यो भने उपविजेता बनेको आर्मीले दुई लाखमै चित्त बुझायो । झापाका देवेन्द्र तामाङले सर्वोत्कृष्ट खेलाडी बन्दै मोटरसाइकल हात पारे ।
सोमबार फिदिम मा.बिको मैदानमा भएको फाइनलमा झापाको जितमा दुवै गोल पुजन उपरकोटिले गरे । पुजनले दुवै हाफमा १-१ गोल गरेपछि झापाको जित निश्चित भएको थियो । पहिलो हाफ १–१ को बराबरी रहेको खेल सकिन ७ मिनेट बाँकी रहँदा पुजनले निर्णायक गोल गरेका थिए ।
पुजनकै गोलबाट झापाले पहिलो हाफको २३ औं मिनेटमा अग्रता लिएको थियो ।तर, ७१ औं मिनेटमा राजिव गुरुङले गोल गर्दै आर्मीलाई खेलमा फर्काएका थिए । अन्त्यमा पुजन नायक बने र झापा च्याम्पियन बन्न सफल भयो । पहिलो हाफमा निकै राम्रा अवुर गुमाउँदा आर्मी पराजित हुन पुग्यो । झापाका कर्ण लिम्बुले दोश्रो हाफमा गोलका केहि अवसर गुमाए ।
फाइनल खेलमा आर्मीका राजिब गुरुङ म्यान अफ दि म्याच हुदै नगद दश हजार प्राप्त गरे । टिमको तालमेल नमिल्दा आफ्नो टिम पराजित हुन परेको आर्मी प्रशिक्षक गंगाराम देउजाले बताए । यता झापाका प्रशिक्षक प्रवेश कटुवालले टिमको रणनिती सफल हुँदा उपाधि जित्न सफल भएको बताए ।
प्रतियागितामा चार गोल गरेका झापा कर्ण लिम्बू सर्वाधिक गोलकर्ता हुँदै १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक झापाका मनोज प्रधान, उत्कृष्ट डिफ्रन्डर आर्मीका युद्ध शाहि, उत्कृष्ट फरवार्ड झापाका दिलेन लोक्तान तथा उत्कृष्ट मिडफिल्डर झापाका पुजन उपरकोटि बने । उत्कृष्ट सबैले जनही दश हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उदयमानी खेलाडी फिदिम स्पोर्टीङ क्लबका प्रवीन जबेगु चुनिए । उनले दश हजार रुपैयाँ प्राप्त गरे ।
देवेन्द्र प्रतियोगिताको सर्वाकृष्ट खेलाडी
राष्ट्रिय टोलीका नियमित सदस्य तथा झापा ११ का खेलाडी देवेन्द्र तामाङ दशौं रुस्लान फाल्गुनन्द गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए । तामाङले सर्वोकृष्ट खेलाडी हुँदै यामाहाको मोटर साइकल प्राप्त गरे । आयोजक, पत्रकार र फुटबलसंग सम्बन्धीत व्यक्तिहरुको समितिले तामाङलाइ सर्वाेकृष्ट खेलाडीको रुपमा छनोट गरेको हो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]