6 years ago
January 14, 2019
धनगढी (हाम्रो खेलकुद) – छिमेकी क्लब च्यासल युवा क्लबलाई १-० ले पराजित गर्दै रुस्लान थ्री स्टार तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धनगढी रंगशालामा थ्री स्टारको जितमा रुपेश केसीले निर्णायक गोल गरे ।
सातौं मिनेटमा सुनील बलको पासमा फोडे फोफानाको प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले पन्च गरे । त्यसकै नतिजामा प्राप्त कर्नरकमा सुनीलकै पासमा डुम्बियाको हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । १९ अौं मिनेटमा च्यासलका हेमन्त थापामगरको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा च्यासल अग्रता लिनबाट चुक्यो ।
२८ अौं मिनेटमा सुनील बलले पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहार पोस्टको भित्रि भागमा लाग्दै फर्कियो । ३९ अौं मिनेटमा थ्रीस्टारका अनन्त तामाङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारले गोलरक्षकलाई कुनै समस्या दिन सकेन । ४२ अौं मिनेटमा च्यासलका अर्मान्ड मोएनले वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
दोस्रो हाफको ५८ अौं मिनेटमा च्यासलले अग्रता लिने सुवर्ण अवसर गुमायो । अर्मान्डको प्रहार अनन्तले ब्लक गरेपछि अाएको रिबाउन्डमा सन्तबहादुर गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन । ६२ अौं मिनेटमा सुनील बलले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई च्यासलका गोलरक्षक दिनेशले उत्कृष्ट बचाउ गर्दै खेल गोलरहित बराबरीमा कायम राखे ।
८१ अौं मिनेटमा रन्जन विष्टको उत्कृष्ट भली प्रहार क्रसबारमा लागेर फर्कियो । उनले झन्डै २५ यार्ड टाढाबाट बललाई छातीले नियन्त्रण गर्दै प्रहार गरेको भलीमा गोलरक्षक बिट भएपनि क्रसबार बाधक बन्यो । खेल सकिन तीन मिनेट समय बाँकी रहँदा थ्री स्टारका लागि रुपेश केसीले गोल गरे । च्यासलका गोलरक्षक दिनेशले सुनील बलको क्रसमा रुपेशको हेडर बचाउने प्रयास गरेपनि अाफ्नै डिफेन्डर बाधक बने ।
खेलमा निर्णायक गोल गरेका थ्री स्टारका रुपेश केसी म्यान अफ द म्याच बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे । विजयी टोलीका प्रशिक्षक उज्ज्वल मानन्धरले खेलाडीले निकै मिहिनेत गरेको कारण नै जित हासिल गरेको बताए । ‘लिगमा हाम्रो प्रदर्शन सन्तोषजनक रहेको थिएन । टोलीमा केहि परिवर्तन गरेका थियौं र आज डिफेन्स निकै बलियो भयो । अब अर्को खेलमा पनि यसै सिलसिला कायम राख्ने लक्ष्य हुनेछ,’ उनले भने ।
मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । थ्री स्टारले फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काक्करभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ । मंगलबार अन्तिम क्वाटरफाइनलमा सीएमजी क्लब संकटाले क्यामरुनको दाफिनास एफसीको सामना गर्नेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]