default_image

6 years ago

January 14, 2019

नेपाली फुटबलका विदेशी यात्री

64 views

0 Bookmark

सुबास हुमागाईं, धनगढी

भिक्टर अमोबी नेपाली फुटबलमा स्थापित विदेशी खेलाडी हुन् । सन् २०१२ मा रुस्लान थ्री स्टारबाट आफ्नो करिअर सुरु गरेका भिक्टरले थ्री स्टारसँगै दुई पटक लिग उपाधि पनि जितेका छन् । थ्री स्टारबाट सुरु भएको २८ वर्षीय भिक्टरको व्यवसायिक यात्रा अहिले मनाङ मर्स्याङदी क्लबमा आइपुगेको छ । त्यसो त उनले यसअघि पनि मनाङको जर्सी लगाईसकेका छन् ।

भिक्टर सन् २०१३ मा थ्री स्टारबाट खेल्दै (बायाँ) सन् २०१८ मा सरस्वतीबाट थ्री स्टारविरुद्ध (दायाँ)

भिक्टरले सन् २०१२ मा थ्री स्टार आएपछि क्लबसँग रहेर लिग उपाधि जिते । त्यसपछि उनले एक सिजन फ्रेन्ड्सको जर्सी पहिरिए । मोफसलका प्रतियोगितामा पनि भिक्टरले सहारा, धरान, लगायत अन्य थुप्रै टोलीबाट खेले । छोटो कद भएपनि छरितो भिक्टरले मोफसलका प्रतियोगितामा केहि टोलीको कप्तानी पनि गरेका छन् । उनकै कप्तानीमा अफ्रिकन युनाइटेडले सन् २०१४ को बुढासुब्बा गोल्डकप उपाधि पनि जितेको थियो ।

राष्ट्रिय लिगका लागि भने उनी थ्री स्टारमै फर्किए र लिग उपाधि जिते पनि । त्यसपछि भने उनको करिअरले अर्को उडान भर्यो । भारतको आईलिग क्लब मिनेर्भा पन्जाबले उनलाई एक सिजनका लागि अनुबन्धन गर्यो । लिगका १८ खेलेका भिक्टर अर्को सिजनका लागि भने नेपाल नै फर्किए । भारतबाट फर्केपछि उनी मनाङसँग जोडीए । मोफसलका प्रतियोगितामा मनाङबाट खेलेका उनले त्यसपछि लिगमा भने क्लबमा रहन सकेनन् ।

२०६९ सालको लिग उपाधि जितेपछि भिक्टर (तल)

गत साता राजधानीमा सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा पनि उनले मनाङसँग अनुबन्धन हुने प्रारम्भिक छलफल थालेका थिए । उनले प्रशिक्षणमा पनि सहभागिता जनाए । तर क्लबलाई सेन्टर डिफेन्डर खाँचो परेको अवस्थामा उनी क्लबको रोजाइमा परेनन् । मनाङले अर्का विदेशी भिक्टर कामुखालाई रोज्यो र भिक्टर अमोबीले सरस्वतीबाट लिग खेल्ने निर्णय गरे ।

सरस्वतीका लागि भिक्टरले मिडफिल्ड र फरवार्डको सम्भावित सबै पोजिसनबाट खेले । उनले लिगदौरान ४ गोल गर्दै क्लबका सर्वाधिक गोलकर्ता पनि बने । उनी सरस्वतीका लागि आफ्नो व्यक्तिगत प्रदर्शनलाई लिएर सन्तुष्ट छन् । ‘सरस्वतीको लक्ष्य मध्ये तालिकामा आउने थियो । नवौं स्थानमा आउनुभन्दा राम्रो नतिजा पनि आउँ सक्थ्यो । केहि खेलमा हाम्रो प्रदर्शन कमजोर रहयो,’ उनले भने,’ व्यक्तिगत रुपमा भने मेरो प्रदर्शन लिएर सन्तुष्ट छु । मिडफिल्ड र फरवार्डमा हरेक पोजिसनमा टोलीको आवश्यकताअनुसार खेलें ।’

मछिन्द्रविरुद्ध ए डिभिजन लिग २०७५ मा खेल्दै

भिक्टरले नेपाली लिग पछिल्लो समयभन्दा सुधारिएको ठानेका छन् । ‘विगतभन्दा नेपाली खेलाडीको स्तर निकै बढेको पाएको छु । विशेषगरि युवा खेलाडीहरुको स्तर निकै राम्रो रहेको छ । मैले ६ वर्षअघि लिग खेल्दा र अहिलेको तुलनामा लिग निकै प्रतिस्पर्धात्मक रहेको पाएँ,’ उनले भने । भिक्टरले विदेशी खेलाडीको संख्या बढाए खेलको स्तर अझै सुधार्न सक्ने बताए ।

‘विगतमा हरेक टोलीले ५ विदेशी खेलाडी अनुबन्ध गरेर ४ खेलाडी मैदानमा उतार्न पाउँथे । यसले गर्दा हरेक टोलीले वैकल्पिक खेलाडीको रुपमा पनि एक विदेशी राख्न सक्थे । खेलको अवस्थाअनुसार रणनिति बदल्न सक्थे,’ उनले थपे, ‘ यसले नेपाली खेलाडीलाई नै सहयोग पुग्ने हो । बलियो टोलीविरुद्ध र सँगै खेल्दा आफ्नो स्तर पनि बढ्छ । एन्फाले आउने दिनमा यसलाई सम्बोधन गर्ने आशा राखेको छु ।’

आइतबर धनगढीमा जारी खप्तड गोल्डकपमा मनाङ नेपाल पुलिस क्लबसँग १-० ले पराजित भयो । उक्त खेलमा भिक्टर मनाङको बेन्चमा थिए । फिदिममा भएको फाल्गुनन्द गोल्डकपमा सरस्वतीबाट सेमिफाइनल खेलेका उनी दोस्रो हाफमा मात्र धनगढी आइपुगेका थिए ।

ए डिभिजन लिग २०७५ मा थ्री स्टारविरुद्ध

काठमाडौंबाट आउने उडान ढिलो भएका कारण उनी सुरुवाती रोजाइमा खेल्न नपाएको मनाङका प्रशिक्षक तोपे फुजाले बताए ।फुजाले भिक्टरलाई विंगरको रुपमा प्रयोग गर्ने पनि जानकारी दिए । ‘हाम्रो टोलीमा विंगरको कमि भएको महसुस गरेको छु । त्यसैले उनलाई त्यस पोजिसनमा खेलाउने छु । पुलिसविरुद्ध पनि मैले उनलाई पहिलो रोजाइमा खेलाउने रणनीति बनाएको थिएँ तर ढिलो आएका कारण त्यो सम्भव भएन,’ फुजाले पुलिसविरुद्ध खेलपछि भने ।

भिक्टर अब मनाङसँग नयाँ अनुबन्धन गरेर केहि समय नेपालमा नै खेल्ने पक्षमा छन् । उनले यहाँ खेल्न आउनुको मुख्य लक्ष्य भनेको अन्य लिगमा अवसर खोज्नु रहेको पनि प्रष्ट पारे । ‘नेपाली फुटबलको स्तर राम्रो छ । यहाँ खेल्दा अन्य लिगमा खेल्न जान पनि हामीलाई सहज हुन्छ । यसअघि भारतको लिगमा पनि यहाँकै प्रदर्शनको आधारमा मैले अवसर पाएको थिएँ,’ उनले भने ।

नेपाली राष्ट्रिय फुटबल टोलीका अधिकांश सदस्यसँग उनले खेलेका छन् । नेपाली राष्ट्रिय टोलीको स्तर उकास्न एन्फाले मैत्रीपूर्ण खेल खेलाउनुपर्ने पनि उनले जोड दिए । ‘नेपालको फुटबल एकदम राम्रो छ । नियमित म्याच एक्सपोजर दिने हो भने दक्षिण एसियामा अब्बल हुन सक्छ । युवा खेलाडीहरुमा असिमित ट्यालेन्ट छ, त्यसलाई उचित स्थान दिनु जरुरि छ,’ भिक्टरले टुंग्याए ।

October 19, 2024

रोनाल्डोको निर्णायक गोलमा अल नासरको जित

एजेन्सी – अल नासर साउदी प्रो लिगमा अल शबाबलाई पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा शुक्रवार नासरले शबाबलाई २-१ हरायो । अल शबाबको घरेलु मैदानमा भएको खेलमा नासरको लागि अर्को गोल एमेरिक लापोर्टे गरेका हुन् । लापोर्टेले ६९ औं मिनेटमा गोल गरे । खेल अन्त्यतिर रोमान्चक रह्यो। अन्तिम मिनेटमा नासरका अली अल हसनले […]

October 18, 2024

हिरा र दीपा चोटग्रस्त, बाँकी खेल गुमाउने संभावना

काठमाडौं (हाम्रो खेलकुद)- पाँच पटकको उपविजेता रहिसकेको नेपालका लागि साफ च्याम्पियनसिपको यस पटकको सुरुवात सुखद हुन सकेन। साफ इतिहासमा नै नेपालले पहिलो पटक बराबरी नतिजाको सामना गर्नुपर्यो। पहिलो पटक भुटानले नेपाललाई बराबरीमा रोक्यो। बराबरीको पीडासँगै नेपालका दुई महत्वपूर्ण खेलाडी हिरा कुमारी भुजेल र दीपा शाही चोटग्रस्त हुन पुगे। उनीहरूले साफको बाँकी खेल गुमाउने संभावना उच्च […]

October 18, 2024

साफमा नेपालको पहिलो बराबरी, भुटानविरुद्ध गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो । दशरथ रंगशालामा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा भुटानी डिफेन्सले पनि नेपाली […]

Success

Thank you for your time.