6 years ago
January 14, 2019
एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा खराव प्रदर्शन गरिरहेको स्पेनिस महारथी रियल मड्रिडले रियल बेटिसलाई २–१ ले पराजित गरेको छ ।
रियलले रियल बेटिसलाई उसकै मैदानमा पराजित गर्न सफल भएको हो । रियलको जितमा लुका मोड्रिच र ड्यानियल सेवालेसले गोल गरे । घरेलु टोलीका लागि सर्जियो कानालेसले एक गोल फर्काए ।आइतबार राति भएको खेलमा रियलले १९औं मिनेटमा लुका मोड्रिचको गोलबाट खेलमा अग्रता बनाएको थियो । ड्यानियल कार्भाहलले प्रहार गरेको बल विपक्षी डिफन्डरलाई लाग्दै फर्किएको बललाई लुका मोड्रिचले बक्सभित्रबाट सुन्दर गोल गरेका थिए ।
आइतबार राति भएको खेलमा रियलले १९औं मिनेटमा लुका मोड्रिचको गोलबाट खेलमा अग्रता बनाएको थियो । ड्यानियल कार्भाहलले प्रहार गरेको बल विपक्षी डिफन्डरलाई लाग्दै फर्किएको बललाई लुका मोड्रिचले बक्सभित्रबाट सुन्दर गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलको ६८औं मिनेटमा सर्जियो कानालेसले बराबरी गोल फर्काए । जियोभानी लो सेल्सोको पासमा सर्जियो कानालेस अफसाइडमा बिट ट्याप गर्दै गोल गरेका थिए । तर, रियलले सर्जियो अफसाइडमा रहेको भन्दै अपिल गरेपछि रेफ्रीले भिएआरको सहायता लिएको थिए । भिएआरको सहायतापछि रेफ्रील बेटिसलाई गोलको मान्यता दिए ।
खेल सकिन दुई मिनेट बाँकी रहँदा ड्यानियल सेवालेसले गोल गर्दै रियललाई महत्वपूर्ण ३ अंक दिलाए । सेवालेसले लो फ्रिकिकमा उत्कृष्ट गोल गर्न सफल भएको थियो । जितसँगै रियल १९ खेलबाट ३३ अंक जोडेर ला लिगाको चौथो स्थानमा उक्लन सफल भएको छ । रियल बेटिस २६ अंक जोडेर सातौ स्थानमा छ ।
ला लिगाका अन्य खेलको नतिजा
भिल्ला रियल विरुद्ध गेटाफे (१–२)
एट्लेटिको मड्रिड विरुद्ध लेभान्टे (१–०)
एथलेटिको विल्वाओ विरुद्ध सेभिल्ला (२–०)
बार्सिलोना विरुद्ध इवार (३–०)
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]