6 years ago
January 14, 2019
एजेन्सी – कप्तान लियोनेल मेस्सीले स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको लागि ४००औं गोल पुरा गरेको खेलमा बार्सिलोनाले एइवारमाथि ३–० को सहज जित निकालेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाको सहज जितमा अर्काे दुई गोल लुइस स्वारेजले गोल गरे । एकपक्षीय बनेको खेलको १९औं मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिन सफल भएको थियो । स्वारेजले फिलिपे कौटिन्होको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल गर्न सफल भयो ।
५३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले लुइस स्वारेजको पासमा गोल गरेपछि बार्सिलोनाले अग्रता दोब्बर बनायो । यससँगै मेस्सीले ला लिगामा बार्सिलोनाको लागि ४००औं गोल पुरा गरे । उनले बार्सिलोनामा १४ वर्षको अवधिमा ४०० गोलको कोसेढुङ्गा पार गरेका हुन् । मेस्सीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए ।
५९औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए । जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १९ खेलबाट ४३ अंक बनाएको छ ।
बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडलाई ५ अंकले पछि पारेको छ । आइतबार राति नै भएको खेलमा एट्लेटिकोले लेभान्टेलाई १–० ले पराजित गरेको थियो ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]