default_image

6 years ago

January 14, 2019

म्यानचेस्टरसँग टोटेनहमको हार

94 views

0 Bookmark

वेम्वली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरल म्यानचेस्टर युनाइटेडसँग हार बेहोरेको छ । टोटेनहम घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग १–० ले पराजित भएको हो ।

टोटेनहमको घरेलु मैदान वेम्वलीमा आइतबार राति भएको खेलमा युनाइटेडको जितमा मार्कुस रासफोर्डले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको ४४औं मिनेटमा रासफोर्डले पल पोग्वाको लामो पासलाई नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए ।

एक गोलले पछि परेपछि घरेलु टोलीले युनाइटेडलाई दवावमा राखेपनि टोटेनहम गोल गर्नबाट असमर्थ बन्यो र लिगमा हार बेहोर्न पुग्यो । टोटेनहमले युनाइटेडको पोस्टमा २१ सट प्रहार गरेपनि गोलरक्षक डेभिड हे जिया लगातार बाधक बने ।
अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजर नियुक्त भएसँगै युनाइटेडको यो लगातार छैटौ जित हो । युनाइटेडले यसअघि कार्डिफ सिटी, हडर्सफिल्ड, बर्नमाउथ, न्यु क्यासल र रेडिङलाई पराजित गरेको थियो ।

जितसँगै युनाइटेडले २२ खेलबाट ४१ अंक जोडेर पाँचौ स्थानमा रहेको आर्सनलसँगको अंक बराबरी गरेको छ । युनाइटेडसँग पराजित भएको टोटेनहम ४८ अंकसहति तेस्रो स्थानमा यथावत छ ।
प्रिमियर लिगकै अर्काे खेलमा एभर्टनले बर्नमाउथमाथि २–० को सहज जित निकालेको छ । एभर्टनको जितमा कर्ट जुमा र डोमिनिक कलभर्ट लेविनले गोल गरे । जितपछि एभर्टन २२ खेलबाट ३० अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । २७ अंक रहेको बर्नमाउथ १२औं स्थानमा छ ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.