default_image

6 years ago

January 13, 2019

जापान एसियन कपको प्रि–क्वाटरफाइनलमा

82 views

0 Bookmark

एजेन्सी – चारपटकको एसियन कप च्याम्पियन जापान युनाइटेड अरब इमिरेट्स (युएईं) मा जारी एसियन कप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।


आबुधावीस्थित जायद स्पोर्टस् सिटी स्टेडियममा आइतबार भएको खेलमा जापानले ओमानलाई १–० ले पराजित गर्दै एक खेल अगावै समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्न सफल भएको हो । जापानले यसअघि पहिलो खेलमा तुर्केमिनिस्तानमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकालेको थियो । अब जापानले उज्वेकिस्तानसँग खेल्न बाँकी छ ।

प्रतिस्पर्धात्मक बनेको खेलमा जापान विवादास्पद पेनाल्टी गोलबाट विजयी भएको हो । जेन्की हारागुचीले पेनाल्टीमार्फत विवादास्पद गोल गरेका थिए । २५औं मिनेटमा ओमाका राइद सलेले जेन्कीमाथि फल गरेको भन्दै रेफ्रीले जापानलाई पेनाल्टीको मौका दिएको थियो ।

पेनाल्टी नरहेको भन्दै ओमानका खेलाडीले अपिल गरेपनि अन्ततः रेफ्रीले जापानलाई पेनाल्टी दियो । जसलाई २८औं मिनेटमा जिन्की आफैले गोल गर्दै जापानलाई अग्रता दिलाए ।

त्यसअघि जापानका नागाटोमोले पेनाल्टी बक्समा ह्यान्ड गरेपनि रेफ्रीले ओमानलाई पेनाल्टीको मौका दिएको थिएन ।
त्यसपछि पनि जापानले ओमानलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा जिन्कीको गोल नै जापानको जितमा पर्याप्त बन्यो ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.