9 years ago
April 14, 2016
पोखरा – मनकामना पोखरा कपमा आयोजक पोखरा एघार घरेलु मैदानबाट बाहिरिएको छ । पोखरा रंगशालामा जारी पांचौ मनाकामना केबुलकार पोखरा कपमा आयोजक पोखरा एघारलाई धरान फुटवल क्लवले पराजित गरेपछि प्रतियोगिताबाट बाहिरीएको हो । बिहीबार सम्पन्न खेलमा धरान फुटवल क्लवले आयोजक पोखरा एघारलाई एक शुन्यको गोल अन्तरले पराजित गरेको थियो ।
खेलको ७३ औ मिनेटमा धरानका जर्सी नम्बर १७ का तीर्थ बस्नेतको गोलले धरानलाई अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो । बस्नेतले जर्सी नम्बर ४ का हेमन्त थापा मगरको पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाउन सफल भएको थियो । बस्नेतको एक गोलनै निर्णायक गोल बन्न सफल भएको थियो ।
हावाहुरीको बावजुद पनि आयोजित खेलमा पोखरा एघारले खेल अवधिभर राम्रो खेल प्रस्तुत गरेको भएतापनि अवसरलाई सदुपयोग गर्न सकेन । खेलको ४१ औ मिनेटमा पोखरा एघारका जर्सी नम्बर १७ का खेलाडी राकेश गुरुङको पासलाई जर्सी नम्बर ७ का सुनिल बिकले हेडिङ मार्फत पोष्ट चार्ज गरेको भएतापनि सफल हुन सकेन । त्यसैगरी खेलको ४७ औ मिनेटमा पोखरा एघारका जर्सी नम्बर १७ का राकेश गुरुङले पोष्टमा वललाई चार्ज गरेको भएतापनि फष्ट बारवाट वल वाहिरिएको थियो । खेलमा आयोजक पोखरा एघारले प्रसस्त अवसर पाउदा पनि बललाई जाली चुमाउन सकेन ।
खेलमा धरान फुटवल क्लवका जर्सी नम्बर २० का खेलाडी बिनय श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिता पश्चात पत्रकारलाई प्रतिक्रिया दिदै धरान फुटवल क्लवका प्रशिक्षक सुवास केसीले आयोजक संगको खेलमा निकै प्रतिस्पर्धा भएको वताए । आयोजक आफ्नै घरेलु मैदान र घरेलु दर्शकको साथ भएकाले आफुहरुलाई गार्हो भएको भएतापनि जीत हासिल गर्न सफल भएको केसीले वताए । हावाहुरीका कारण पनि बिहीबारको खेल जित्न कठिनाइ भएको वताउदै दोश्रो चरणको खेलमा राम्रो गर्ने केसीको भनाइ रहेको थियो ।
त्यस्तै पोखरा एघारका प्रशिक्षक इश्वर गुरुङ चन्द्रले बिहीबारको खेलमा पोखरा एघारले निकै अवसर पाएको भएतापनि त्यसलाई गुमाउनु परेको वताए । पोखराको खेलाडीहरुले तालिम अभावका कारण राम्रो खेल प्रस्तुत गर्न नसकेको गुरुङले वताए । शुक्रबार नेपाली सेनाको नेपाली आर्मी र सरस्वती क्लव वीच खेल हुने छ । विजेता धरान फुटवल क्लवले बैशाख ७ गते भारतको दिल्ली एफ सी संग अन्तिम चारका लागी प्रतिपर्धा गर्ने छ ।
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]
March 8, 2025
हिमाल खरेल,बिर्तामोड इलामको रेड हर्स फुटबल क्लबलाई रोक्दै आयोजक टोली तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा रेड हर्स एफसीलाई ३-० ले हराउँदै आयोजक बुट्टाबारी युनाइटेड क्लब उपाधिनजिक पुगेको हो । आयोजक टोलीले खेलको सुरुवातमै दुई गोल गरेको थियो भने एक गोल […]