10 years ago
August 30, 2015
१३ भाद्र | दिपेन्द्र पोखरेल / हाम्रो खेलकुद
नेपाली फुटबलको उदाउदो तारा बिमल घर्तिमगर सबैको आशा हुन | नेपालको फितलो आक्रमन र गोल गर्न चुक्नुकै कारण नेपाली समर्थकहरुले २२ बर्ष यता कुनै महत्वपूर्ण टाइटलको जित आवाश गर्न पाएका थिएनन |
कतै यै क्रेज र स्टारडमले बिमललाई बिगार्ने हो कि भनेर चिन्ता गर्ने धेरै छन|
मैले कहिलै पनि आफ्नो सफलताको घमन्ड गरेको छैन – बिमल घर्ती मगर |
बिमल घर्ती मगरको नेतृत्वोमा उत्रेको यु १९ टोलिले नेपाललाई टाइटल त जिताए तर बिमल लगायत यो टिमले अझै धेरै प्रमाणित गर्न बाकी छ |
पटक पटक बेल्जियमका उत्कृष्ट क्लबहरुसँग गएर आफ्नो प्रतिभा निखार्न पाएका बिमलको क्रेज नेपालमा निकै छ| कतै यै क्रेज र स्टारडमले बिमललाई बिगार्ने हो कि भनेर चिन्ता गर्ने धेरै छन|
यही चिन्तै चिन्तामा बिमल लाई भारत बिरुद्ध को जित पछी पत्रकारहरुले सोधे, बिमल के तिमी आफ्नो स्टारडम समाल्न सक्छौ ? के तिमी यो क्रेजलाई सम्हालेर सबैको आसा पुरा गर्न सक्छौ ?
पत्रकारहरुको प्रश्नलाई सम्बोधन गर्दै बिमलले आफ्नो खेलको र सफलताको कहिले घमन्ड नगरेको बताए |
“मैले कहिलै पनि आफ्नो सफलताको घमन्ड गरेको छैन | मैले जेजे गरेको चु, जे जे गर्न पाएको छु मेरो मेहेनत र मेरो टिमको कारण गरेको छु |”, बिमलले बताए |
“मैले भुटान बिरुद्ध ३ गोल गरे, मेरो आफ्नो गेम राम्रो भयो तर म खुसी थिन | मैले त्यसै दिन आफ्नो भन्दा टिम गेम सुधार्ने बाचा गरेको थिए | हाम्रो गेम पनि सुध्रियो हामीले साफ पनि जित्यौ | त्यो नै मेरो लागि सबैभन्दा खुसी को पल रह्यो | मलाई कोचले धेरै बिश्वास गर्नु भएको छ, मैले व्हाको बिश्वास तोड्न सक्दिन | मैले आफ्नो सफलताको श्रेय सबै कोच र मेरो टिमलाई दिन्छु | ” , बिमलले थपे |
यदी नकरात्मक दिशामा नचली आफ्नो अवसरलाई सदुपयोग गरे बिमल भविस्यमा पक्कै पनि सिनियोर टिमको बिडो थाम्ने छन |
पत्रकारहरुलाई दिएको प्रतिकृया सुन्दा बिमलले साचै नै नेपाली फुटबललाई खाचो परेको महारथी बन्ने छन भन्ने बिश्वास गर्न सकिन्छ तर बिमल र नेपाली फुटबल्को भविश्य पक्कै पनि समयले नै बताउने छ |
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण भोलि दशरथ रंगशालामा सुरु हुँदैछ। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलले नेपाली फुटबलमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। सहभागी टोलीहरूले पनि उच्च प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। एनएसइएमका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले एनएसएलको सफलताको […]
March 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले जर्सी र ‘थिम सङ’ सार्वजनिक गरेको छ । धनगढीका अध्यक्ष सुवास शाही र माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् । धनगढी एफसीका अध्यक्ष शाहीले क्लबको नयाँ जर्सी र क्लब गान धनगढी एफसीको लक्ष्य, उत्साह […]
March 28, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताले शनिवार नयाँ च्याम्पियन पाउनेछ । रुपन्देही जारी तिलोत्तमाको २३ औं तिलोत्तमा दुवै टोली पहिलो पटक फाइनल पुगेका कारण नयाँ च्याम्पियन बन्ने निश्चित छ। फाइनलमा चर्च ब्याइज युनाइटेड र एपीएफ क्लब भिड्दैछन् । बुटवलको देविनगरस्थित एन्फा एकेडेमीको मैदानमा फाइनल दिउँसो ३ बजे सुरु हुनेछ । शुक्रवार प्रि म्याच कन्फ्रेन्समा […]