default_image

6 years ago

January 12, 2019

एपीएफलाई हराउँदै काक्करभिट्टा सेमिफाइनलमा

98 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबविरुद्ध एक गोलले पछाडी परेको स्थितिलाई उल्टाउँदै मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धनगढी रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा काक्करभिट्टा एपीएफविरुद्ध २-१ ले विजयी रहयो ।

खेलको नवौं मिनेटमा काक्करभिट्टाका कप्तान खामिर गिल्सनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई राजु नगरकोटिले बचाए । लगत्तै त्यसै कर्नरको काउन्टरमा युवराज खड्काले एपीएफलाई अग्रता दिलाए । श्याम नेपालीले मैदानको मध्यभागबाट दिएको लामो पासलाई युवराजले पहिलो टचमा पेनाल्टी क्षेत्रबाहिरबाट नै गोलमा परिणत गरेका थिए । २६ अौं मिनेटमा विश्वास श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई एपीएफका गोलरक्षक राजुले उत्कृष्ट डाइभ दिँदै बचाए ।

३५ अौं मिनेटमा विशाल राईको एक्रोब्याटिक प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिँदा काकरभिट्टा बराबरी गर्नबाट चुक्यो। ४१ अौं मिनेटमा विश्वास श्रेष्ठले बराबरी गोल फर्काए । विशाल राईले दिएको थ्रु पासमा विश्वासले गोलरक्षकलाई समेत छलाएर खाली पोस्टमा गोल गरेका थिए ।

पहिलो हाफकै इन्ज्युरी समयको पहिलो मिनेटमा काकरभिट्टाले अग्रता लिने सुवर्ण अवसर गुमायो । एपीएफका गोलरक्षक राजु नगरकोटिले विश्वास श्रेष्ठको फ्रिकिक बचाउने प्रयासमा फुत्काएपछि रिबाउन्डमा कप्तान खामिरले बललाई पोस्टको दिशा दिन सकेनन् ।

दोस्रो हाफको ६१ अौं मिनेटमा काकरभिट्टा अग्रता लिनबाट चुक्यो । विष्णु सुनारको फ्रिकिकमा विशाल राईले अफसाइड ट्र्याप बिट गरेपनि बललाई पोस्टको दिशा दिन सकेनन् । त्यसको दुई मिनेटमै विशालकै शक्तिशाली प्रहारलाई गोलरक्षक राजुले उत्कृष्ट बचाउ गरे ।
खेलको तीन मिनेट समय बाँकी रहँदा काक्करभीट्टाले अग्रता लियो । कर्नरमा आएको बल रिबाउन्ड भएपछि विकास राईले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

विजयी टोलीका प्रशिक्षक कर्ण थापामगरले पहिलो हाफमा प्रदर्शन सोचेअनुरुप नभएपनि बराबरी गोल निस्केपछि मनोबल उच्च रहेको बताए । ‘ खेलमा सुरुवात राम्रो हुन सकेन । बराबरी गोल गरेपछि मनोबल बढ्यो र दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सक्यौं,’ उनले थपे, ‘ सेमिफाइनलमा बलियो टोलीविरुद्ध खेल्नेछौं । दुवै टोली ए डिभिजनमा राष्ट्रिय टोलीको अनुभव बोकेका खेलाडी थिए । सक्दो मिहिनेत गरेर फाइनल पुग्ने प्रयास हुनेछ ।’

उत्कृष्ट प्रदर्शन गरेका काक्करभीट्टाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे यस जितसँगै काक्करभीट्टा खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका निम्ति टोलीले रुस्लान थ्री स्टार र च्यासलको खेलको विजेतासँग खेल्नेछ ।

मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

Success

Thank you for your time.