default_image

6 years ago

January 12, 2019

रोहितले पर्सिजाबाट नखेल्ने पक्का

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्दले इन्डोनेसियाको पर्सिजा जकार्ताबाट अर्को सिजन नखेल्ने पक्का भएको छ । गत सिजन पर्सिजालाई लिग उपाधि दिलाउँदा लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित रोहितले क्लब छाड्ने भएका छन् ।

पर्सिजाका निर्देशक गेडे विडीआडेले रोहित र पर्सिजाबीच नयाँ सिजनको लागि सम्झौता नभएको इन्डोनेसियाको संचारमाध्यमलाई बताएका छन् । रोहितको गत सिजनको अन्त्यमा सम्झौता सकिएपछि नयाँ सम्झौताका लागि छलफल चलेको थियो । तर दुवै पक्ष आपसी समझदारीमा आउन नसकेपछि पर्सिजाले अर्को खेलाडी अनुबन्ध गरिसकेको छ ।

पर्सिजाले एसियाली कोटामा उज्बेकिस्तानका मिडफिल्डर जाहोन्गिर अब्दुमुमिनोभलाई भित्र्याएको छ । २५ वर्षीय मिडफिल्डरले पर्सिजासँग एक वर्षको सम्झौता गरेका छन् । इन्डोनेसिया लिगमा प्रत्यक टोलीले अधिकतम ४ विदेशी खेलाडी राख्न पाउनेमा १ खेलाडी एसियाली कोटामा रहने प्रावधान रहेको छ । जाहोन्गिरको अनुबन्धसँगै रोहितले पर्सिजा छाड्ने पक्का भएको हो ।

पर्सिजाका निर्देशक विडीआडेका अनुसार पर्सिजाले रोहितलाई अनुबन्ध गर्न चाहेपनि रोहितसँग सम्झौताका लागि अनुबन्धनको सर्त नमिल्दा क्लबले विकल्प रोजेको हो । रोहितले इन्डोनेसिया बाहिर नै लिग खेल्ने प्रबल सम्भावना रहेको छ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.