6 years ago
January 13, 2019
टुरिन (एजेन्सी)– रियल म्याड्रिडसँगको नौ वर्ष लामो यात्रा अन्त्य गर्दै सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्स पुगेको ६ महिना पुरा भएको छ । जनवरी १० मा उनी नयाँ क्लब पुगेको ६ महिना पुरा भएको छ ।
यसबीचमा उनी नयाँ क्लबमा पनि उत्तिकै प्रभावकारी रहन सफल भएका छन् । जसरी उनले रियलमा आफुलाई जमाउन सफल भए त्यसरी नै इटालीमा पनि उनी सिरि एमा चम्केका छन् । उनले आफुलाई छिट्टै नयाँ परिस्थितिमा पनि घुलमिल भएका छन् ।
१. इटालीमा छिट्टै अभ्यस्त
रोनाल्डो रियलबाट युभेन्ट्स पुगेर पनि छिट्टै जम्न सफल भएका छन् । उनले नयाँ क्लबमा गरेको गोलबाट पनि उनी कति छिटो घुलमिल भए भन्ने बुझ्न सहज हुनेछ । १९ सिरि ए खेलमा उनले १४ गोल गरिसकेका छन् ।
२. ५ म्यान अफ दी म्याच
३३ वर्षे रोनाल्डोले सिरि एमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् । प्रदर्शन पनि उनको बेजोडको रहँदै आएको छ । युभेन्ट्स पुगेपछि मात्र उनले ५ खेलमा म्यान अफ दी म्याच अवार्ड जितिसकेका छन् । आउने दिनमा पनि उनले अझै धेरै अवार्ड जित्ने अपेक्षा गरिएको छ ।
३. सटिक पास
रोनाल्डो विगतमा पास नदिएका कारण निकै आलोचित पनि भएका छन् । जसका कारण उनलाई स्वार्थी खेलाडी भन्नेको कमी थिएन । तर, उनको पासिङ प्रतिशतलाई हेर्दा भने त्यो सहि हुँदैन । उनको पासिङ औसत ८५.३ प्रतिशत रहेको छ । त्यहिबाट पनि बुझ्न सकिन्छ , उनी कति पास निकाल्न माहिर छन् ।
४. च्याम्पियन्स लिगमा अझै उच्च प्रदर्शन हुन बाँकी
रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् । यद्दपी युभेन्ट्समा पुगेपछि भने च्याम्पियन्स लिगमा उनको प्रदर्शन सोचे अनुरुप हुन सकेको छैन । च्याम्पियन्स लिगका समूह चरणका ५ खेलमा उनले १ गोल गर्दैै २ एसिस्ट मात्र गरेका छन् । युभेन्ट्स च्याम्पियन्स लिग नकआउट चरणमा पुगिसकेको छ । त्यसैले आउने दिनमा उनले उच्च प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]