9 years ago
April 14, 2016
काठमाडौं –
पुरुष र महिला लिग फुटबललाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिने महत्व हेर्ने पुरस्कार राशी हेर्दामात्र पनि प्रष्ट हुन्छ । गत बर्ष भएको राष्ट्रिय लिगको विजेताले १ करोड रुपैयाँ प्राप्त गरेको थियो भने अर्को साताबाट सुरु हुने महिला राष्ट्रिय लिगको विजेताले मात्र २ लाख रुपैयाँ पाउनेछ ।
यसबाट पनि एन्फाले महिलाको प्रतियोगिता औपचारिकताका लागि मात्र आयोजना गर्ने गर्छ भन्दा फरक पर्दैन । हाम्रो गोल महिला हिसांविरुद्धको गोल भन्ने नाराका साथ महिला प्रतियोगिता आयोजना गर्ने भएपनि एन्फाले महिला फुटबल विकासका लागि पुरुष फुटबलको दाजोमा खासै काम गरेको छैन । वैशाख ५ देखि १६ गते सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा हुने महिला लिगमा तीन विभागिय टोली र पाँच विकास क्षेत्रका १/१ गरि ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । एन्फाले दुई चरणमा प्रतिस्पर्धा गराएर विजेता छान्नेछ । सहभागी टोलीलाई दुई समूहमा बाडेर सुरुमा लिगकम नकआउट गर्नेछ । त्यसमा समूहका शीर्ष दुईमा रहने टोलीबीच पुनः राउन्ड रोविन लिग गराएपछि प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ ।
एन्फाले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई समूह ‘ए’ र उपविजेता त्रिभुवन आर्मी क्लबलाई अलग अलग समूह राखिएका छ । पुलिससँगै समूह ‘ए’ मा मध्यमाञ्चल, पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल छन् । त्यस्तै समूह ‘बी’ मा आर्मीसहित एपिएफ, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल छन् । २५ लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान रहेको प्रतियोगितामा भाग लिने विभागिय टोलीबाहेकलाई एन्फाले तयारी वापत ६८ हजार रुपैयाँ दिनेछ । पुरुषको राष्ट्रिय लिगको तयारीका लागि एन्फाले हरेक क्लबलाई १५ लाख रुपैयाँ दिने गर्छ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्ड, रक्षक र प्रशिक्षक प्रत्यकले २५ हजार रुपैयाँ पाउनेछन् ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]