6 years ago
January 11, 2019
धनगढी (हाम्रो खेलकुद) – गोर्खा ब्वाइज रुपन्देहीलाई २-० ले पराजित गर्दै सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरको छ । शुक्रबार दुवै हाफमा १-१ गोल गरेको संकटाले अब क्यामरुनको धाउफिन्स एफसीसँग अन्तिम चार प्रवेशको निम्ति खेल्नेछ ।
धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा संकटाका लागि सातौं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा सरोज दाहालको फ्लिक पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । लगत्तै सुभाष गुरुङले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर जाँदा संकटा अग्रता लिनबाट चुक्यो ।
१८ अौं मिनेटमा गोर्खा ब्वाइजका शिव श्रेष्ठले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई संकटाका गोलरक्षक राजाबाबु थापाले पन्च गरिदिए । ३८ अौं मिनेटमा गौतम श्रेष्ठको क्रसमा कजिमको शक्तिशाली प्रहारलाई राजाबाबुले उत्कृष्ट डाइभ दिँदै बचाए ।
एकतर्फी आक्रमण बुनेको संकटाले अन्तत: इन्जुरी समयको पहिलो मिनेटमा संकटाले अग्रता लियो । जय गुरुङको पासमा रवि सिलवालले पेनाल्टी क्षेत्रभित्र बललाई नियन्त्रणमा लिँदै प्रहार गरेको सटलाई गोलरक्षक सोजित गुरुङले रोक्न सकेनन् ।
दोस्रो हाफको ६६ अौं मिनेटमा संकटाका लक्ष्मण रुचालको पासमा गोलरक्षक बिट भएपछि एलोन म्याक्सवेलको प्रहारलाई कुलदीप कार्कीले गोललाइनबाट बचाए । ८१ अौं मिनेटमा गोर्खा ब्वाइजका कजिमको क्रसमा गौतम श्रेष्ठको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिँदा संकटाको अग्रता कायमै रहेको थियो ।
८३ अौं मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै संकटाको जित पक्का गरे । इन्ज्युरी समयको दोस्रो मिनेटमा कुलदिपको पासमा मसुदले वन भर्सेस वनको स्थितिमा प्रहार गरेको सट पोस्टभन्दा माथि गएपछि गोर्खा ब्वाइजले सान्त्वना गोल फर्काउन सकेन ।
विजयी टोलीका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरेपनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको बताए । ‘सहज जित दर्ता गर्दा खुसी छु । तर हामीले मैदानको अवस्थाका कारण सोचेजस्तो खेल्न सकेनौं । ठूलो राशी पुरस्कार भएपनि मैदानको अवस्था भने केहि कमजोर रहेको पाएँ,’ उनले भने ।
गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोरेको बताए । ‘हामीले निकै अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेनौं । खेलाडीले पहिलो हाफको तुलनामा दोस्रो हाफ निकै राम्रो प्रदर्शन गरे । तर दोस्रो हाफमा पाएको अवसर उपयोग गर्न नसक्दा नतिजा हाम्रो पक्षमा आएन,’ उनले थपे ।
मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । शनिबारदेखि प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा नेपाल एपीएफ क्लब र मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टर खेल्नेछन् ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]