6 years ago
January 11, 2019
एजेन्सी – स्पेनिस जाइन्ट रियल मड्रिडका कप्तान सर्जियो रामोसले उत्कृष्ट पुरुष खेलाडी ‘सेभेन स्टार्स’ अवार्ड जितेका छन् ।
रामोसले मड्रिडमा रहेर स्पेनको खेललाई विकास गर्न मैदान र मैदानबाहिरबाट पु¥याएको योगदानको कदर गर्दै उनलाई सो प्रसिद्ध अवार्ड दिइएको हो ।
क्लबलाई विभिन्न उपाधि जिताएपछि उनले सेभेन स्टार्स अवार्ड हात पारेका हुन् ।उनलाई यो अवार्ड मड्रिडको क्षेत्रीय सरकार प्रमुख एञ्जल गारिडोले पुरस्कार हस्तान्तरण गरे ।
अवार्ड प्राप्त गरेसँगै रामोसले अवार्डबाट सम्मानित हुन पाउनु निकै खुसी रहेको र सबैलाई धन्यवाद दिन चाहेको बताए । च्याम्पियन्स लिगमा रियलले लगातार तीनपटक उपाभि जित्दा रामोस नै टिमको कप्तान रहेका थिए ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]