default_image

6 years ago

January 11, 2019

‘अर्मान्डको आगमनले च्यासल बलियो’ – प्रशिक्षक शाक्य

60 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – भ्याली च्यासल युवा क्लबले राजधानीमा भर्खरै सम्पन्न लिगमा फरवार्डको कमीमा कारण निकै समस्या झेल्नुपर्यो । लगातार फरवार्डहरुको साथ नपाउँदा शीर्षस्थानको लक्ष्य बोकेको च्यासल लिगको आठौं स्थानमा चित्त बुझाउनुपर्यो ।

बिहीबार धनगढीमा लिगको समापनपश्चात मोफसलको पहिलो प्रतियोगिता खेलिरहेको च्यासलले दिल्ली फुटबल क्लबलाई ६-० को फराकिलो अन्तरले पराजित गर्यो । उक्त खेलमा डेब्यु गरेका फरवार्ड अर्मान्डले ह्याट्रिक नै गरे । खप्तड गोल्डकपको पहिलो खेलमा फराकिलो जितसँगै च्यासलले क्वाटरफाइनलमा थ्री स्टारसँग खेल्ने भएको छ । च्यासलका प्रशिक्षक राजुकाजी शाक्य अर्मान्डको आगमनसँगै च्यासलले मोफसलमा राम्रो प्रदर्शन गर्ने बताउँछन् ।

‘ लिगका दौरान हामीले फरवार्ड नहुँदा निकै समस्या खेप्नुपर्यो । गोल गर्न नसकेकै कारण हामीले धेरै खेल गुमायौं । डिफेन्स र मिडफिल्ड राम्रो छ । अब मोफसलमा नयाँ खेलाडी अर्मान्डले राम्रो सुरुवात गरेका छन् । यसैलाई निरन्तरता दिएर केहि सफलता हात पार्ने सोच छ,’ शाक्यले भने ।

च्यासलका व्यवस्थापक शंकर व्यन्जनकार र प्रशिक्षक राजुकाजी शाक्य

च्यासलले लिगमा आफूसँग उपलब्ध तीन शीर्ष फरवार्डको साथ् गुमाएको हो । लिगको सुरुवाती ४ खेलपछि विमल घर्तिमगर बेल्जियम जानुपर्दा च्यासलले सन्तोष साहुखललाई पनि अन्तिमतिर गुमाएको थियो । त्यसबिचमा च्यासलले अनुबन्धन गरेका विदेशी फरवार्ड चीको पनि घाइते हुँदै एक खेल पनि खेल्न सकेनन् । लिगको अन्त्यतिर आएका फरवार्ड एल्भिसले पनि फिटनेस नभएका कारण सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् ।

खप्तड गोल्डकपमा दिल्लीविरुद्ध खेलमा भने एल्भिस र अर्मान्डको जोडी जमेको थियो । दुवैले एक अर्काको खेल बुझेर खेले । एल्भिसले गोल नगरेपनि च्यासलको सुरुवाती गोलमा असिस्ट दिएका थिए । त्यसबाहेक अर्मान्डसँग उनको समन्वय राम्रो देखिएको थियो । च्यासलका नियमित कप्तान देवेन्द्र तामाङ पहिलो खेलमा उपस्थित नभएपनि दोस्रो खेलमा भने उपस्थित हुने व्यवस्थापनले जानकारी दिएको छ ।

एल्भिस र अर्मान्ड

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

Success

Thank you for your time.