default_image

6 years ago

January 13, 2019

चेल्सीका विलियन अनुबन्ध गर्ने प्रयासमा बार्सिलोना

105 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले इंग्लिस क्लब चेल्सीका विङ्गर विलियनलाई क्लबमा अनुबन्ध गर्ने प्रक्रिया थालेको छ ।

बार्सिलोनाले यसै सिजन ब्राजिलका माल्कोमलाई ५० मिलियन पाउन्डमा चेल्सीमा पठाएर ब्राजिल तथा चेल्सीका विङ्गर विलियनलाई क्लबमा अनुबन्ध गर्ने प्रयास थालेको हो । यसै सिजन ब्राजिलका माल्कोमलाई ३८ मिलियन पाउन्डमा अनुबन्ध गरेपनि उनले पहिलो रोजाईमा निकै कम मौका पाएका कारण बार्सिलोना नयाँ विकल्पको खोजीमा अघि बढेको हो ।

३० वर्षीय विलियनको चेल्सीसँग अझै १८ महिनाको सम्झौता रहेको छ । चेल्सीले यसअघि ६५ मिलियन पाउन्डको प्रस्तावलाई अस्वीकार गरेको थियो । विलियनलाई चिनिया क्लब डालियन यिफाङले पनि प्रस्ताव गरेको थियो । तर, चेल्सीले भने उक्त प्रस्तावलाई स्वीकारेको छैन ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.