default_image

6 years ago

January 11, 2019

बार्सिलोना लेभान्टेसँग स्तब्ध

113 views

0 Bookmark

एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग पराजित भएको छ ।


कोपा डेल रे अन्तगत बिहीबार राति भएको खेलमा घरेलु टोली लेभान्टेले बार्सिलोनालाई २–१ ले स्तब्ध बनाएको हो । लेभान्टेको जितमा इरिक कावाको र बोर्जा मायोरलले गोल गरे । पराजित टिमका लागि फिलिपे कौटिन्होले एक गोल फर्काए ।

बार्सिलोना सम्हालिन नपाउदै घरेलु टोलीले खेलको चौथो मिनेटमा नै इरिक कावाकोको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले रुवेन रोचिनाको पासमा गोल गरेका थिए ।

१४औं मिनेटमा रियल मड्रिडबाट लोनमा लेभान्टे पुगेका बोर्जा मायोरलले गोल गरेपछि घरेलु टोलीले बार्सिलोनाविरुद्ध २–० को अग्रता बनायो । मायोरलले इमान्युयल बोएटिङको पासलाई गोलमा परिणत गरेका थिए ।

२ गोलले पछि परेपछि बार्सिलोनाले घरेलु टोलीमाथि दवाव सिर्जना गरेपनि गोलका लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । खेल सकिन पाँच मिनेट बाँकी रहँदा फिलिपे कौटिन्होले पेनाल्टीमार्फ गोल अन्तर घटाएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना पराजित हुन पुग्यो । दोस्रो लेग १८ जनवरीमा हुँदैछ ।

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

Success

Thank you for your time.