6 years ago
January 10, 2019
धनगढी (हाम्रो खेलकुद) – विदेशी खेलाडी अर्मान्ड मोएनले डेब्युमै ह्याट्रिक गरेपछि भ्याली च्यासल युवा क्लबले तेस्रो नेपाल अाइस सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बिहिबार दिल्ली फुटबल क्लबलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।यस जितसँगै च्यासलले प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
च्यासलका फरवार्ड अर्मान्ड मोएन
धनगढी रंगशालामा भएको एकपक्षीय खेलमा च्यासलले खेलको १४ अौं मिनेटमा अग्रता लिएको थियो । एल्भीसको पासमा सन्जोग राईले सहजै गोल गर्दै च्यासललाई अगाडि बढाए । १७ अौं मिनेटमा हेमन्तको कर्नरमा अर्मान्डको फ्लिकमा एल्भिसले सट प्रहार गर्न सकेनन् । लगत्तै सजिन थापामगरले किपर पोजिसनमा नहुँदा प्रहार दिल्लीका जसनले गोलको मुखबाट क्लियर गरे ।
३१ अौं मिनेटमा हेमन्त थापामगरले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको भित्री भागमा लाग्दै गोलमा परिणत भयो ।
पहिलो हाफको ५ मिनेट बाँकी रहँदा च्यासल ३-० ले अगाडी बढ्यो । सन्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै अर्मान्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक मन्दिपले बचाउन सकेनन् ।
दोस्रो हाफमा पनि च्यासलले सुरुवातदेखि दवाव कायम राख्यो । ५६ अौं मिनेटमा विश्व अधिकारीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक मन्दिपले पन्च गरिदिए । ६१ अौं मिनेटमा अर्मान्ड मोएनले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई ४-० ले अगाडी बढाए । ६७ अौं मिनेटमा दिल्लीका शिवम पिछोरीको प्रहारलाई दिनेश थापामगरले उत्कृष्ट डाइभ दिँदै बचाए ।
७३ अौं मिनेटमा अर्मान्डले प्रहार गरेको फितलो प्रहार गोलरक्षकले रोक्न नसक्दा च्यासल ५-० ले अगाडी बढ्यो । इन्ज्युरी समयको पहिलो मिनेटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई ६-० को जित दिलाए । च्यासलले अब सेमिफाइनल प्रवेशका निम्ति रुस्लान थ्री स्टार क्लबसँग खेल्नेछ ।
पराजित टोलीका प्रशिक्षक बिएस मेहेराले पहिलो रोजाईका ६ खेलाडी उपलब्ध नहुँदा पराजित हुनुपरेको बताए । ‘हाम्रा ६ खेलाडी सन्तोष ट्रफीका लागि छनोट भएका कारण आउन पाएनन् । रिजर्भ टोलीका खेलाडी समेटेर टोली ल्याएका थियौं । सोचेअनुरुप सुरुवात नहुँदा फराकिलो हार बेहोर्नुपर्यो,’ उनले भने ।
च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले नयाँ मैदान भएपनि डेब्यु गरेका फरवार्डले उत्कृष्ट प्रदर्शन गरेको बताए । ‘हामीले लिगमा राम्रो फरवार्ड नहुँदा निकै समस्या खेप्नुपर्यो । अर्मान्डले पहिलो खेलमा नै राम्रो प्रदर्शन गरे । अब डिफेन्समा केहि समस्या सुल्झाएर अर्को खेलको तयारी गर्नेछौं,’ शाक्यले भने ।
शुक्रबारको खेल :
गोर्खा ब्वाइज रुपन्देही विरुद्ध सीएमजी क्लब संकटा
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]