default_image

6 years ago

January 10, 2019

रामोसको शतकीय गोलसँगै रियल विजयी

75 views

0 Bookmark

एजेन्सी – कप्तान सर्जियो रामोसले १ सयौं गोल पूरा गर्दा रियल म्याड्रिडले कोपा डेल रेअन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा लेगानेसलाई ३-० ले पराजित गरेको छ ।

रियलले कप्तान रामोसको गोलमा अग्रता लिएको थियो । अल्भारो ओड्रीओजोलालाई लेगनेसका जेरार्ड गुम्बाउले पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । रामोसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आफ्नो करिअरको १ सयौं गोल पनि पूरा गरे । दोस्रो हाफको सुरुवातमा नै रियलले अग्रता दोब्बर पार्यो ।

भिनिसियास जुनियरको पासमा लुकास भाज्केजले गोल गर्दै रियललाई अगाडी बढाए । रियलका लागि तेस्रो गोल ब्राजिलियन भिनिसियसले नै गरे । उनले ७५ औं मिनेटमा गरेको भलीलाई लेगानेसका गोलरक्षकले बचाउन सकेनन् । गोल गरेलगत्तै भिनिसियसको स्थानमा नयाँ खेलाडी ब्राहिम डियाजले डेब्यु गरे । उनले आक्रमणमा उल्लेख्य मुभ भने बनाउन सकेनन् ।

लिगअन्तर्गत घरेलु मैदानमा रियल सोसिडाडसँग पराजित भएका कारण यस खेलमा दर्शकहरुको सहभागिता एकदम न्यून रहेको थियो । चोटका कारण ग्यारेथ बेल, टोनी क्रुस र मार्को एसेन्सियो पनि टोलीमा उपस्थित रहेका थिएनन् । यसका बाबजुद मिडफिल्डर इस्कोले पहिलो रोजाइमा स्थान बनाउन नसक्दा उनले क्लब छाड्ने सम्भावना बढेको छ ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.