6 years ago
January 10, 2019
एजेन्सी – म्यानचेस्टर सिटीले लिग कप फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बर्टन आल्बियनलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ । फराकिलो जितमा फरवार्ड गाब्रिएल जेसस एक्लैले ४ गोल गरेपछि सिटी प्रतियोगिताको फाइनलमा पुग्ने पनि लगभग पक्का भएको छ ।
सिटीको जितमा केभिन डे ब्रुएनले खेलको पाँचौ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । ३० औं मिनेटमा ग्याब्रिएल जेससले ६ यार्ड बक्सबाट हेडर गोल गर्दै अग्रता दोब्बर पारे । चार मिनेटपछि जेससले नै अग्रता बढाए । पहिलो हाफको अन्त्य नजिकिंदै गर्दा ओलेक्जान्डर जिन्चेन्कोले चौथो गोल थपे ।
दोस्रो हाफको ५७ औं मिनेटमा जेससले हेडरमार्फत नै गोल गर्दै ह्याट्रिक पूरा गरे । ६२ औं मिनेटमा वैकल्पिक खेलाडी फिल फोडेनले गोल गर्दा त्यसको तीन मिनेटमा जेससले आफ्नो चौथो गोल थपे । ७० औं मिनेटमा काइल वाल्करले पनि गोल गर्दै स्कोर ८-० पुर्याए । खेलको ७ मिनेट समय बाँकी रहँदा रियाद माहरेजले ९-० को जित पक्का गरे ।
सिटीले पछिल्लो ६ सिजनमा ४ पटक प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ । प्रतियोगिताको साविक विजेता समेत रहेको सिटीले अब चेल्सी र टोटेनहमबिचको खेलको विजेतासँग खेल्नेछ । पहिलो लेगमा टोटेनहम १-० ले अगाडी रहेको छ ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]