6 years ago
January 10, 2019
एजेन्सी – फ्रान्सेली लिग वनमा अपराजित रहँदै शीर्ष स्थान कायम गरेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपमा लिगको पुछारमा रहेको ग्वेनगाम्पसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार राती पीएसजी घरेलु मैदानमा २-१ ले पराजित भएको हो ।
ब्राजिलियन फरवार्ड नेयमारले ६३ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले थोमस मुनिएरको कर्नरमा हेडरमार्फत गोल गरेका थिए । त्यसअघि ६१ औं मिनेटमा मार्कस थुरामले पेनाल्टीमा गोल गर्न नसक्दा ग्वेनगाम्पले अग्रता लिने मौका चुकाएको थियो । तर ग्वेनगाम्पले अन्तिम १० मिनेटमा दुई पेनाल्टी गोल गर्दै पीएसजीलाई सतब्ध पार्यो ।
८१ औं मिनेटमा यानी एन’बकोतोले पेनाल्टीलाई गोलमा परिणत गरे । इन्ज्युरी समयको पहिलो मिनेटमा अर्को पेनाल्टी पाएपछि मार्कस थुरामले कुनै गल्ति नगरी ग्वेनगाम्पलाई अग्रता दिलाए । यस हारसँगै पीएसजीको घरेलु कप प्रतियोगितामा ४९ खेलको विजयी यात्रामा पूर्णविराम लागेको छ । सन् २०१४ मा मोन्टपेलरसंग पराजित भएयता पीएसजीले लगातार जित हासिल गर्दै आएको थियो ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]