6 years ago
January 9, 2019
धनगढी (हाम्रो खेलकुद) – युवा फरवार्ड तिर्थ रानाले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बुधबारको खेलमा मोरङ फुटबल क्लबलाई ३-० ले पराजित गरेको छ । पहिलो हाफमा २ गोल गरेका तिर्थले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यससँगै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा खेलको सातौं मिनेटमा पुलिसले तीर्थ रानाको गोलमा अग्रता लियो । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई मोरङका गोलरक्षक सन्तोष योन्जनले बचाउन सकेनन् । २५ अौं मिनेटमा मोरङका बालाको फ्रिकिकमा गोलरक्षकले पन्च गरेको रिबाउन्डमा विदुर रिजालको प्रहारले पोस्टको दिशा लिन सकेन ।
३५ अौं मिनेटमा अभिषेक रिजालको उत्कृष्ट मुभमा तीर्थले पुलिसको अग्रता दोब्बर पारे । अभिषेकले विङ्गबाट एक्लै बढाएको बललाई पेनाल्टी क्षेत्रभित्र लग्दै किपरलाई बिट गरेर दिएको पासमा तीर्थले हेडर गोल गरे । ४३ अौं मिनेटमा तेज तामाङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।
दोस्रो हाफमा पनि पुलिसले अाक्रमक रणनीतिलाई कायम राख्दै पोस्टमा अाक्रमण गरिरह्यो । ५७ अौं मिनेटमा सन्तोष हेमरुनको क्रसमा निरकुमार राईको भली प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै निरकुमारले नै छोटो कर्नरमा सिधै पोस्टमा गरेको प्रहार क्रसबारमा लागेर फर्कियो ।
७५ अौं मिनेटमा अभिषेकको पासमा सन्तोष हेमरुनको प्रहार फितलो रहँदा पुलिसले अग्रता बढाउन सकेन । दोस्रो हाफको इन्जुरी समयमा अभिषेक रिजालको पासमा तिर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
पराजित टोलीका प्रशिक्षक संजिव बुढाथोकीले बलियो पुलिसविरुद्ध आफ्ना युवा खेलाडीले डटेर खेल्न नसकेको बताए । ‘ हामीले पुलिसलाई पराजित गर्न सहज थिएन । त्यसैले टाइब्रेकरसम्म लाग्ने रणनिति थियो । तर त्यसमा हाम्रा खेलाडीहरु सफ्गल भएनन्,’ उनले भने ।
पुलिसका प्रशिक्षक अनन्त थापाले मैदान केहि नयाँ भएकोले सेट हुन समय लागेपनि नतिजा हात पार्दा खुसी रहेको बताए । ‘हाम्रो टोली युवा जोशले भरिएको छ । कमजोर विपक्षी भएपनि मैदान नयाँ भएकाले केहि कठिनाई भयो । अब अर्को खेलमा प्रदर्शन अझै राम्रो हुने विश्वास छ,’ उनले भने ।
पुलिसले अब पुष २९ गते हुने क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दीको सामना गर्नेछ । बिहिबार हुने खेलमा भ्याली च्यासल युवा क्लबले दिल्ली युनाइटेडसँग खेल्नेछ ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]