6 years ago
January 9, 2019
वेम्वली (एजेन्सी) – इंग्लिस फुटबल लिग (इएफएल) तथा कारवाओ कपको पहिलो लेगमा टोटेनहमले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ ।
घरेलु टोली टोटेनहमले चेल्सीलाई १–० ले पराजित गरेको हो । वेम्वली स्टेडियममा मंगलबार राति भएको खेलको पहिलो हाफमा ह्यारी केनले पेनाल्टीमा गरेको गोल नै टोटेनहमको जितमा निर्णायक बन्यो ।
२५औं मिनेटमा चेल्सीका गोलरक्षक किपा एरिजाबालगाले ह्यारी केनलाई पेनाल्टी बक्समा लडाएपछि टोटेनहमले पेनाल्टीको मौका पाएको थियो । जसलाई केन आफैले सदुपयोग गरे ।
१–० ले पछि परेपछि चेल्सीेले आक्रमक फुटबल खेल्दै टोटेनहमलाई दवावमा रोखपनि गोल गर्न असफल बन्यो । ४१औ मिनेटमा एङगोलको कान्टेको प्रहार पोस्टमा लागेको फर्किएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा हड्सन ओडोइको प्रहार क्रसबारमा लाग्दा चेल्सीले खेललाई बराबरी गर्ने सुन्दर मौका गुमायो ।
दोस्रो हाफमा पनि चेल्सीले घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा टोटेनहमसँग पराजित हुन पुग्यो । यससँगै टोेटेनहमले पहिलो लेगमा १–० को अग्रता लिएको छ । दोस्रो लेग २३ जनवरीमा चेल्सीको मैदानमा हुदैछ ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]