9 years ago
April 13, 2016
पोखरा ०१ बैशाख
झापा पोखरा रंगशालामा जारी मनकामना केबुलकार पोखरा कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिता २०७२ को क्वाटरफाईनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रङ्गशालामा सम्पन्न खेलमा रुपन्देही११ लाई ३–१ को अन्तरले पराजित गर्दै झापा ११ क्वाटरफाइनलमा प्रवेश गरेको हो।
झापाको जितमा कर्ण लिम्बु, देवेन्द्र तामाङ र दिलेन लोक्तानले एक–एक गोल गरेका थिए । खेलमा झापाका कर्ण लिम्बुले खेलको ३२ औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफ र दोश्रो हाफको अन्तिम ५ मिनेटसम्म १/१ को बराबरीमा रोक्न सफल रुपन्देही खेलको अन्त्य तिर धर्मराउदा झापाले बाजी मार्न सफल भएको हो । झापाका देवेन्द्र तामाङले खेलको ८५ औं र ईन्जुरी समयमा दिलेन लोक्तानले हेडर गोल गर्दै जित दिलाएका थिए । खेलमा रुपन्देहीको दोन थापाले सान्तवना गोल गरेका थिए ।
बुधबारको खेलमा देवेन्द्र तामाङ म्यान अफ दी म्याच भए । प्रतियोगिता अन्तर्गत विहीबार आयोजक पोखरा ११ र धरान फुटवल क्लव बिच खेल हुनेछ । प्रतियोगिताको बिजेतालाई ट्रफी सहित ५ लाख ५ हजार ५ सय ५५ रुपैयाा र उपबिजेतालाई ट्रफी सहित २ लाख ५५ हजार ५ सय ५५ रुपैयाा प्रदान गरिने आयोजक कास्की जिल्ला फुटवल संघले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई एक थान मोटरसाईकल प्रदान गरीने छ । त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही १५/१५ हजारका दरले नगद सहित ट्रफी प्रदान गरिनेछ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]