default_image

6 years ago

January 8, 2019

ब्राहिम रियलमा सार्वजनिक

92 views

0 Bookmark

एजेन्सी (मड्रिड) – युवा फरवार्ड ब्राहिम डियाजलाई स्पेनिस क्लब रियल मड्रिडले क्लबमा अनुबन्ध गरेको छ । रियलले डियाजलाई २२ मिलियन पाउन्डमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट क्लबमा अनुबन्धित गरेका हो ।


स्पेनका १९ वर्षीय फरवार्ड डियाजलाई रियलले साँढे ६ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । यससँगै डियाज सन् २०२५ को अन्त्यसम्म रियलमा हुनेछन् । उनलाई सोमबार घरेलु मैदान सान्टियागो बर्नबेउमा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सार्वजनिक गरेका थिए ।

डियाज १४ वर्षको उमेरमा मालगाबाट इंग्लिस क्लब सिटीमा पुगेका थिए । स्टार खेलाडीले भरिएको म्यानचेस्टर सिटीमा डियाजल कमै मौका पाएका थिए ।

स्पेनका यु–२१ का फरवार्ड समेत रहेका डियाजले रियलसँग अनुबन्ध भएपछि रियलसँग अनुबन्ध हुन पाउनु आफ्नो जीवनको सबैभन्दा खुशीको दिन रहेको बताए ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.