6 years ago
January 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा उपविजेता सीएमजी क्लब संकटालाई २-१ ले पराजित गरेको छ ।
खेलको सातौं मिनेटमा एपिएफका प्रदिप लामाकाे बक्सबाहिरकाे प्रहार संकटामा गाेलरक्षक राजाबाबु थापाले बचाए । नवाैं मिनेटमा संकटाका एलाेन म्याक्सवेलकाे प्रहार गाेलरक्षक राजु याेगीले बचाए । २३अाैं मिनेटमा अाशिष लामाकाे पासमा युवराज खड्काकाे गाेल गरे । युवराजले मैदानकाे मध्यभागबाट एक्लै बल अघि बढाउँदै गरेको प्रहारमा गाेलरक्षक बिट भएका थिए ।
दोस्रो हाफको ५८अाैं मिनेटमा राेमन लिम्बुकाे क्रसमा सेडरिक अबाकाे सिक्स यार्ड बक्सभित्रकाे प्रहार अाकासियाे । ६०अाैं मिनेटमा अाशिष लामाकाे प्रहार गाेलरक्षक राजुले बचाए । ६८अाैं मिनेटमा एलोन म्याक्सवेलकाे प्रहारले पोस्टको दिशा लिन नसक्दा संकटा खेलमा फर्कन सकेन ।
खेलको ७१अाैं मिनेटमा सुदिप शिख्राकारकाे फ्रिकिकमा राजन गुरुङले हेडर गाेल गर्दै संकटाको अग्रता दोब्बर पारे । ८४अाैं मिनेटमा अबाकाे प्रहारलाई सुदिप शिख्राकारले गाेललाइनबाट बचाए । लगत्तै साैजन राईकाे प्रहार विश्वास उदासले गाेललाइनबाटै हेड गर्दै बचाए ।
इन्ज्युरी समयकाे थप गरिएकाे चाैथाे मिनेटमा संकटाका लक्ष्मण रुचालले फ्रिकिकमा सुन्दर गाेल गर्दै अग्रता घटाए । बक्स बाहिर पाएकाे फ्रिकिकमा रुचालले दर्शनीय गोल गरे ।
यस जितसँगै एपीएफले १३ खेलमा २३ अंक जोड्दै पाँचौ स्थानमा रहेर लिग अन्त्य गर्यो । संकटाले भने १३ खेलमा २८ अंक जोड्न सफल रहयो ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]