default_image

6 years ago

January 7, 2019

मेस्सी र स्वारेजको गोलमा बार्सिलोना विजयी

85 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्डद्धय कप्तान लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई पराजित गरेको छ ।


स्पेनिस ला लिगा अन्तरगत आइतबार राति भएको खेलमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले गेटाफेलाई २–१ ले पराजित गरेको हो । गेटाफेको मैदामा भएको खेलमा खेलमा २०औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले खेलमा सुरुवाती अग्रता बनाएको थियो ।

३९औं मिनेटमा अर्का फरवार्ड लुइस स्वारेजले गोल गरेपछि बार्सिलोना खेलमा २–० ले अघि बढेको थियो । ४३औं मिनेटमा जेमी माटाले गोल गर्दै घरेलु टोलीलाई २–१ को अन्तरमा झार्दै खेलमा फर्कने संकेत दिएका थिए ।

दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरेपनि गोल गर्न नसक्दा बार्सिलोनाले २–१ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । जितपछि बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो अग्रता ५ अंक बनाएको छ । शीर्षस्थानको बार्सिलोनालेको १८ खेलबाट ४० अंक पुगेको छ ।

ला लिगा अन्तर्गत आइतबार राति नै भएको खेलमा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड सेभिल्लासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

सेभिल्लाका विसाम बिन याडर र एट्लेटिकोका एन्टोइन ग्रिजमनले गोल गरे । बराबरीपछि दोस्रो स्थानमा रहेको एट्लेटिको शीर्षस्थानको बार्सिलोनाभन्दा ५ अंकले पछि परेको छ । तेस्रो स्थानमा रहेको सेभिल्लाको ३३ अंक रहेको छ ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.