default_image

6 years ago

January 6, 2019

सुनिल क्षेत्रीको दुई गोलमा भारतले थाइल्यान्डलाई हरायो

90 views

0 Bookmark

आवुधावी (एजेन्सी) – भेट्रान फरवार्ड तथा भारतको सर्वाधिक गोलकर्ता सुनिल क्षेत्रीको दुई गोलको मद्दतमा भारतले एसियन कप फुटबलमा थाइल्यान्डलाई ४–१ ले पराजित गरेको छ ।


भारतको जितमा सुनिल क्षेत्रीले दुई तथा अनिरुध थापा र जेजे लालपेख्लुले समान १ गोल गरे । पराजित टिमका लागि तिरासिल डाङ्दाले गोल गरे ।

सुनिल क्षेत्रीको पेनाल्टी गोलबाट भारतले २७औं मिनेटमा सुुरुवाती अग्रता बनाएको थियो । तर, भारतको त्यो अग्रता लामो समय टिकेन । ३३औं मिनेटमा थाइल्यान्डका तिरासिलले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको सुरुमै सुनिल क्षेत्रीले गोल गरेपछि भारतले खेलमा २–१ कोे अग्रता बनायो । यससँगै क्षेत्रीले आफ्नो अन्तर्राष्ट्रिय गोलसङ्ख्या ६७ पुर्याएका छन् । ६८औं मिनेटमा अनिरुध थापाले गोल गरे । ८०औं मिनेटमा जेजे लालपेख्लुले गोल गरेपछि भारतले ४–१ को सहज जित निकाल्यो ।

एसियन कपमा भारतको यो पहिलो जित हो । भारतले आठ खेल खेलेपनि अहिलेसम्म जित हात पार्न सफल भएको थिएन । आठौं प्रतिस्पर्धामा भारतको यो पहिलो जित हो ।

पछिल्लो सात खेलमा भारतले १ बराबरी र ६ हारको नतिजा निकालेको थियो । जितसँगै भारत समूह ‘ए’ मा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यही समूहको शनिबार भएको खेलमा युएई र बहराइनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.