6 years ago
January 6, 2019
इतिहाद (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले एफए कपको तेस्रो चरणमा रोधरह्याममाथि ७–० को फराकिलो जित निकालेको छ ।
घरेलु मैदान इतिहाद स्टेडियममा आइतबार भएको खेलमा च्याम्पियनसिप क्लब रोधरह्याममाथिको सिटीको फराकिलो जितमा सात खेलाडीले गोल गरे ।
सिटीका रहिम स्ट्रलिङ, फिल फोडेन, गाब्रियल जेसस, रियाद महारेज, निकोलस ओटामेन्डी र लिरोए सानेले गोल गर्दा एक गोल सेमि अजायीबाट आत्मघाती गोल उपहार पाएको थियो ।
एकपक्षीय बनेको खेलमा सिटीले खेलको १२औं मिनेटमा रहिमको गोलबाट अग्रता बनाएको थियो । ४३औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटी २–० ले अघि बढेको थियो । ४५औं मिनेटमा रोधरह्यामका सेमिले आत्मघाती गोल गरेपछि सिटी पहिलो हाफमै ३–० ले अघि रहेको थियो ।
५३औं मिनेटमा गाब्रियल जेससले गोल गरे । ७३औं मिनेटमा रियाद महारजेलले गोल गरेपछि सिटीले खेलमा ५–० को अग्रता बनायो । ७८औं मिनेटमा निकोलस ओटामेन्डीले तथा ८५औं मिनेटमा लिरोए सानेले गोल गरेपछि सिटीले रोधरह्याममाथि ७–० को फराकिलो जित निकाल्यो ।
जितसँगै सिटी एफए कपको चौथो चरणमा पुग्न सफल भएको छ ।
यस्तै मिलवालले हल सिटीलाई तथा क्वीन्स पार्क रेन्जर्स (क्युपिआर) ले लिड्स युनाइटेडलाई समान २–१ ले पराजित गर्दै एफए कपको चौथो चरणमा प्रवेश गर्न सफल भएका छन् ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]