default_image

6 years ago

January 6, 2019

जोर्डनसँग अष्ट्रेलिया स्तब्ध

65 views

0 Bookmark

एजेन्सी – युनाइटेड अरब इमिरेट्स (युएईं) मा शनिबारबाट सुरु भएको एसियन कप फुटबलमा जोर्डनसंग अष्ट्रेलिया १–० ले  स्तब्ध बनेको छ ।


हाजा विन जायद स्टेडियममा आइतबार भएको समूह ‘बी’ को पहिलो राउन्डको खेलमा जोर्डनलाई जिताउन अनास बानी यासिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । यासिनले खेलको २६औं मिनेटमा गोल गर्न सफल भएका थिए । उनले मौसा अल तामारीको कर्नरमा बक्स भित्रबाट लेफ्ट कर्नरमा हेडमार्फत गोल गरेका थिए ।
एक गोलले पछि परेपछि अष्ट्रेलियाले बलमा पकड बनाएपनि जोर्डनको बलियो रक्षापङ्ति तोड्न नसक्दा १–० ले स्तब्ध बन्न पुग्यो । यता, जोर्डनले भने पहिलो हाफमा लिएको अग्रतालाई अन्तिम समयसम्म जोगाईराख्न सफल भयो ।
जितपछि जोर्डनले समूह ‘बी’ मा महत्वपूर्ण ३ अंक जोडेको छ । यो समूहमा अष्ट्रेलिया र जोर्डनसहित प्यालेस्टाइन र सिरिया रहेको छ ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.