default_image

6 years ago

January 5, 2019

ट्रानमेरविरुद्ध टोटेनहमको सात गोल, लोरेन्टेको ह्याट्रिक

105 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब टोटेनहम हस्टपर एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । एफए कपको तेस्रो चरणमा टोटेनहमले दोस्रो श्रेणीको ट्रानमेर रोभर्समाथि ७–० को फराकिलो जित निकाल्दै चौथो चरणमा पुग्न सफल भएको हो ।


ट्रानमेरको घरेलु मैदानमा भएको खेलमा टोटेनहमको फराकिलो जितमा फर्नान्डो लोरेन्टेले ह्याट्रिक पूरा गर्दा सर्ज औरियरले २ गोल गरे । ह्युङ मिन सन र ह्यारी केनले समान १ गोल गरे ।

एकपक्षीय बनेको खेलमा टोटेनहमले ४०औं मिनेटमा सर्ज औरियरको गोलबाट पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । त्यसपछि दृश्यमा फर्नान्डो लोरेन्टे छाए । उनले ४८औं मिनेटमा पहिलो गोल गरे ।

औरियरले ५५औं मिनेटमा गोल गरेपछि टोटेनहमले खेलमा ३–० को अग्रता बनायो । त्यसको दुई मिनेटपछि नै ह्युङ मिन सनले गोल थपेपछि टोटेनहम ४–० ले अघि बढ्यो ।

७१औं र ७२औं मिनेटमा लोरेन्टेले लगातार गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे । ८२औं मिनेटमा ह्यारी केनले गोल गरेपछि टोटेनहमले ७–० को फराकिलो जित निकाल्न सफल भयो ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.