6 years ago
January 5, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको लिभरपुललाई बिहीबार राति २–१ ले पराजित गर्दै उपाधि यात्रामा फर्कियो । खेलमा फरवार्ड सर्जियो अगुएरोले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्तर सिद्ध पारे ।
सिटीका लागि अगुएरोले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । उनले ४०औं मिनेटमा बर्नाडो सिल्भाको पासलाई गोलमा परिणत गरेका थिए । लिभरपुलविरुद्धको महत्वपूर्ण खेलमा गोल गरेसँगै अगुएरोले प्रिमियर लिगका ‘बिग सिक्स’ क्लब विरुद्ध ३७ गोल पुरा गरेका छन् ।
प्रिमियर लिगको ‘बिग सिक्स’ क्लबमा सिटीसहित लिभरपुल, चेल्सी, टोटेनहम, आर्सनल र म्यानचेस्टर युनाइटेडलाई मानिने गर्दछ । अर्जेन्टिनी फरवार्ड अगुएरो सन् २०११-१२ को सिजनमा सिटीमा आएयता बिग सिक्सविरुद्ध लगातार गोल गर्न सफल भएका छन् । उनले पछिल्लो पाँच सिजनमा बिग सिक्सविरुद्ध गोल गर्दै कीर्तिमान बनाउन सफल भएका हुन् । यही समयमा टोटेनहमका ह्यारी केनले २१ गोल पूरा गरेका छन् ।
सिटीका अगुएरोले लिभरपुल विरुद्ध ७ गोल गरेका छन् । अगुएरोले सबै ७ गोल घरेलु मैदान इतिहाद स्टेडियममा गरेका हुन् । अगुएरोले चेल्सी विरुद्धपनि ७ गोल गरेका छन् । सबैभन्दा धेरै टोटेनहमविरुद्ध १० गोल गरेको अग्विरोले म्यानचेस्टर युनाइटेडविरुद्ध ८ र आर्सनल विरुद्ध ५ गोल गरेका छन् ।
यही अवधिमा म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड वाइन रोनीको नाममा २० गोल छ । युनाइटेडकै रोविन भान पर्सीले १८ गोल गर्दा चेल्सीका इडेन हजार्डले १७ गोल गरेका छन् ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]