default_image

6 years ago

January 4, 2019

‘२०१८ मेरो खेल जीवनको उत्कृष्ट वर्ष’-रोनाल्डो

87 views

0 Bookmark

टुरिन (एजेन्सी)– फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१८ आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट बर्ष रहेको बताएका छन् । अघिल्लो वर्ष रियल म्याड्रिडलाई लगातार तेस्रो वर्ष च्याम्पियन्स लिग जिताउन अगुवाई निर्वाह गरेका रोनाल्डो समरमा सिरि एको सफल टोली युभेन्ट्समा आबद्ध भएका थिए ।

रियलमा नौ वर्ष सफल यात्रा तय गरेका ३३ वर्षे रोनाल्डोले क्लब छाड्ने निर्णय गर्दा धेरै आश्चार्यमा परेका थिए । रियल छाड्नु सहि निर्णय नभएको कतिपयको भनाई थियो । तर, रोनाल्डोले युभेन्ट्समा सिजनको सुरुवात उत्कृष्ट ढंगले गरेका छन् ।

‘म कीर्तिमानका लागि काम गर्दिन । म क्लबको सफलताका लागि काम गर्दछु । २०१८ मेरो खेल जीवन उत्कृष्ट वर्ष हो,’ रोनाल्डोले भने, ‘स्पेनमा जस्तो गरेको थिए, इटालीमा पनि त्यस्तै बलियो सुरुवात भएको छ । तर यहाँ स्पेनमा जस्तो धेरै गोल गर्न सकिन्न । यहाँका सबै टोलीको रक्षापक्ति उत्कृष्ट छ ।’

च्याम्पियन्स लिग जित्नु सपना रहेको उल्लेख गर्दै रोनाल्डोले तर त्यसमा सफल नहुन पनि सकिने बताएका छन् । ‘टोलीका लागि उपाधि महत्वपूर्ण हुन्छ । म जितका लागि प्रयास गर्नेछु । टुरिनमा मलाई उल्लासमय वातावरणमा स्वागत गरिएको थियो,’ उनले भने, ‘म यहाँ ठिक छु । यसै गरि म वर्षौ खेल्न चाहन्छु । के म नानी जस्तै स्पोर्टिङ जान्छु होला त ? तर फुटबलमा के हुन्छ कसैलाई थाहा हुन्न ।’

रोनाल्डोले इटालीमा उत्कृष्ट ढंगको सुरुवात गरेका छन् । सबै खाले प्रतियोगितामा गरि उनले युभेन्ट्सका लागि २४ खेलमा १५ गोल गरिसकेका छन् । सिरि एमा टोली यो सिजन अपराजित रहेको छ भने च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.