6 years ago
January 3, 2019
एजेन्सी – अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार चौथो जित निकालेको छ ।
प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गरेपछि सोल्सजरको प्रशिक्षणमा लगातार चौथो जित निकाल्न सफल भएको हो ।
यसअघि युनाइटेडले कार्डिफमाथि ५–१, हडर्सफिल्डमाथि ३–१ को र बोर्नामाउथविरुद्ध ४–१ को जित निकालेको थियो । उनी जिम्मेवारी लिएपछि सुरुवाती चार खेलमा युनाइटेडलाई लगातार चौथो जित दिलाउने सर माट बस्बीपछिका पहिलो प्रशिक्षक बनेका छन् ।
न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा युनाइटेडलाई जिताउन वैकल्पिक खेलाडी रोमेलु लुकाकु र मार्कस रासफोर्डले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर, ६४ औं मिनेटमा मैदान प्रवेश गरेको ३८ सेकेन्डमै रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता अग्रता दिलाए । रासफोर्डको शक्तिशाली फ्रिकिक न्युक्यासलका गोलरक्षकले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा लुकाकुले ६ यार्ड बक्सभित्रबाट सहजै गोल गरेका थिए ।
लुकाकु एक मिनेट अघि मात्रै एन्थोनी मार्सियलको स्थानमा मैदान छिरेका थिए । ८० औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए ।
जितपछि युनाइटेड २१ खेलबाट ३८ अंक जोडेर छैटौ स्थानमा यथावत छ । पराजित न्युक्यासल १८ अंक जोडेर १५औं स्थानमा छ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]