default_image

6 years ago

January 1, 2019

इस्को चेल्सी जाने सम्भावना न्यून

118 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड मिडफिल्डर इस्को जनवरी ट्रान्सफर विन्डोमा इंग्लिस क्लब चेल्सी पुग्ने सम्भावना न्यून भएको छ । स्पेनिस मिडफिल्डरले राखेको तलबको प्रस्ताव चेल्सील नकारेसँगै उनको प्रिमियर लिग खेल्ने सम्भावना कम भएको हो ।

चेल्सीले लामो समयदेखि इस्कोलाई आफ्नो लक्ष्य बनाउँदै आएको थियो । रियालमा नयाँ प्रशिक्षक सान्टियागो सोलारीको आगमनसँगै इस्को पहिलो रोजाइमा पर्न सकेका छैनन् । यसका कारण इस्कोले क्लब छाड्ने सम्भावना झनै मजबुत बनेको थियो । चेल्सीले इस्कोलाई क्लबमा ल्याउन क्लबसँग सहमति गरेपनि खेलाडीको माग भने एक्कासी बढेपछि क्लब पछाडी हटेको हो ।

चेल्सीले इस्कोलाई २ लाख ५० हजार पाउण्ड प्रति सातासँगै एजेन्ट फी र अनुबन्ध गर्दाको बोनस दिन राजी भएको थियो । तर इस्कोले अन्तिम समयमा माग बढाएपछि चेल्सीले इस्को क्लबमा खेल्न भन्दा पनि पैसा कमाउन आउने निर्क्यौल गर्दै उनलाई अनुबन्धन नगर्ने निर्णयमा पुगेको हो । स्पेनका लागि ३४ खेल खेलिसकेका इस्कोले यस सिजन रियल म्याड्रिडका लागि जम्मा ११ खेल खेल्न पाएका छन् ।

इस्कोसँग सम्झौता हुने नसक्ने भएसँगै चेल्सीले आफ्नो ध्यान अर्का मिडफिल्डर तर्फ मोडेको छ । चेल्सीले जर्मन क्लब बोरुसिया डर्टमुन्डका अमेरिकी मिडफिल्डर क्रिस्टियन पुलिसिचलाई क्लबमा ल्याउने प्रस्ताव गरेको छ । यद्यपी पुलिसिचको आगमन जनवरी विन्डोभन्दा सिजन सकिएपछि मात्र हुने बलियो सम्भावना रहेको छ ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.