6 years ago
January 1, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले फ्रान्सेली मिडफिल्डर आड्रीएन राबीओटलाई भित्र्याउन फेरी प्रयास गर्ने भएको छ । पछिल्लो समय राबीओटको क्लब पेरिस सेन्ट जर्मेना (पीएसजी) र बार्सिलोनाको यस विषयमा राम्रो सम्बन्ध बन्न सकेको छैन ।
फ्रान्सेली संचारमाध्यमहरुले बार्सिलोनाले अनाधिकृत रुपमा बार्सिलोनाले पीएसजीका राबीओटलाई क्लबमा ल्याउन व्यक्तिगत रुपमा प्रयास थालेको भनेपछि क्याटलानक्लबले विज्ञप्ति जारी गरेर नै त्यसको खण्डन गरेको छ । बार्सिलोनाले विज्ञप्तिमा राबीओटलाई क्लबमा ल्याउन दुई पटक प्रयास भएको र दुवै पटक क्लबले पीएसजीको सम्बन्धित पक्षसँग औपचारिक छलफल नै गरेको बताएको छ ।
बार्सिलोनाले पछिल्लो अगस्टको ट्रान्सफर विन्डोमा पनि राबीओटलाई क्लबमा ल्याउने प्रयास गरेको थियो । तर पीएसजीले उक्त प्रस्ताव अस्विकार गरेको थियो । ब्राजिलियन फरवार्ड नेयमार पीएसजी गएपछि दुई क्लबबीचको सम्बन्ध सुध्रिन सकेको छैन । बार्सिलोनाले यसअघि अर्का मिडफिल्डर मार्को भेर्राट्टीलाई पनि क्लबमा ल्याउन खोज्दा पीएसजीले नकारेको थियो ।
आन्द्रेस इनिएस्टाको प्रस्थानपछि बार्सिलोना मिडफिल्डलाई अझै बलियो बनाउने प्रयासमा छ । इभान राकीटिचको पनि उमेर ढल्कँदै गएको र बार्सिलोनाको बेन्च खासै मजबुत नहुनुले पनि विश्व स्तरीय खेलाडी आवश्यक परेको छ । बार्सिलोनाले जनवरी विन्डोमा फेरी एकपटक राबीओटलाई ल्याउने प्रयास गर्नेछ । पीएसजीमा खासै मौका नपाएका कारण पनि राबीओटले बार्सिलोना आउने चाहना प्रस्तुत गरेको बुझिएको छ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]