6 years ago
December 31, 2018
ओल्ड ट्राफोर्ड (एजेन्सी) – पउल पोग्वाको दुई गोल मद्दतमा म्यानचेस्टर युनाइटेडले बोर्नामाउथमाथि ४–१ को फराकिलो गोलअन्तरको जित निकालेको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युनाइटेडको फराकिलो जितमा पउल पोग्वाले २ तथा मार्कस रासफोर्ड र रोमेलु लुकाकुले समान १ गोल गरे । बोर्नामाउथका नाथन एकेले एक गोल फर्काए ।
खेलको पाँचौ मिनेटमा पउल पोग्वाले मार्कुस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाएका थिए । ३३औं मिनेटमा पोग्वाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले खेलमा २–० को अग्रता बनायो । उनले एन्डर हेरेराको पासलाई सदुपयोग गरेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा मार्कुस रासफोर्डले एन्थोनी मार्सियलको पासमा गोल गरेपछि युनाइटेडले ३–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयमा नाथन इकेले गोल गरेपछि गोल अन्तर ३–१ म झारेको थियो । ७२औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई ४–१ को जित दिलाए ।
जितपछि युनाइटेड ३५ अंक जोडेर छैटौं स्थानमा यथावत छ । पराजित बोर्नामाउथ २६ अंकसहित १२औं स्थानमा छ ।
युनाइटेडमा जोजे मौरिन्हो बर्खास्तीपछि अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा युनाइटेडको यो लगातार तेस्रो जित हो । यसअघि युनाइटेडले कार्डिफमाथि ५–१ ले तथा हडर्सफिल्डमाथि ३–१ को जित निकालेको थियो ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]