6 years ago
December 31, 2018
एजेन्सी – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा सिटीले साउथह्याम्टनलाई ३–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो ।
जितपछि सिटीले टोटेनहमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । सिटीको २० खेलबाट ४७ अंक पुगेको छ । तेस्रो स्थानको टोटेनहमको ४५ अंक रहेको छ । शीर्ष स्थानको लिभरपुलको समान खेलबाटै ५४ अंक रहेको छ ।
सिटीले साउथह्याम्टनलाई उसकै मैदानमा पराजित गरेको हो । सिटीको जितमा डेभिड सिल्भा र सर्जियो अग्विरोले गोल गरे । एक गोल उपहार पाएको थियो । साउथह्याम्टनका पिएरे इमिलले एक गोल फर्काए ।
बर्नाडो सिल्भाको पासमा डेभिड सिल्भाले गोल गरेपछि सिटीले खेलको १०औं मिनेटमा अग्रता बनाएको थियो । ३७औं मिनेटमा पिएर इमिलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
४५औं मिनेटमा जेम्स वार्ड प्रोजले आत्मघाती गोल गरेपछि सिटीले खेलमा २–१ को अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अग्विरोले गोल गरेपछि सिटीले खेलमा ३–१ को अग्रता बनाएको थियो ।
घरेलु टोली खेल सकिन ५ मिनेट बाँकी रहँदा १० खेलाडीमा समेटिएको थियो । फर्नाडिन्होमाथि गम्भीर फल गरेपछि रेफ्रीले पिएरे इमिललाई सोझै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।
त्यसपछि थप गोल निस्कन नसक्दा सिटी ३–१ ले विजयी हुन सफल भयो । जितसँगै सिटीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी ७ मा झारेको छ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]