default_image

6 years ago

December 30, 2018

वर्ष २०१८ : मेसी ५१-४९ रोनाल्डो

100 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई २-१ ले पराजित गर्दा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । यससँगै रोनाल्डोले सन्२०१८ मा आफ्नो गोलसंख्या ४९ पुर्याए ।

यता बार्सिलोनाका कप्तान लिओनेल मेसीले सन् २०१८ मा ५१ गोल गरे । मेसीले पछिल्लो ९ वर्षमा ८ पटक ५० गोलको आँकडा पार गरेका छन् । उनले सन् २०१३ मा ४७ खेल खेल्दै ४५ गोल गर्दा मात्र उक्त कडी पार गर्न सकेका थिएनन् ।

यता क्रिस्टियानो रोनाल्डोले भने सन् २०११ देखि यता लगातार ५० गोल पुरा गरेका छन् । मेसीले ५० गोल पुर्याउन नसकेको वर्ष २०१३ मा उनले ६९ गोल गरेका थिए । तर मेसीले त्यसअघि सन् २०१२ मा ९१ गोल गर्दै विश्व कीर्तिमान नै कायम गरेका थिए ।

रोनाल्डो र मेसी दुवै हाल आ-आफ्नो लिगमा सर्वाधिक गोलकर्ता होडको शीर्षस्थानमा छन् । लिगमा फितलो सुरुवात गरेका रोनाल्डोले हालसम्म १४ गोल गरिसकेका छन् । मेसीले पनि बार्सिलोनाका लागि १५ गोल गर्दै शीर्ष स्थानमा पकड बनाएका छन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.