9 years ago
April 12, 2016
काठमाडौं- मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आज विभागिय टोली एपिएफ र सिमरा ११ बीच प्रतिस्पर्धा हुँदैन ।
पोखरा रंगशालामा सिमराविरुद्ध उत्रदा एपिएफमा गणेश लावती, अन्जन विष्ट, आदित्य चौधरी, जाड्बु शेर्पा र रमेश दंगाल हुने छैनन् ।
एपिएफका अनुसार जाड्बु र रमेश घाइते छन् भने अन्य खेलाडी बहिर छन् । कास्की जिल्ला फुटबल संघको आयोजना हुने प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
पोखरा कपको विजेताले पाउने रकममा यसपटक डेढलाख भन्दा बढी थपिने आयोजक संघले जानकारी दिएको छ । यसअघि ३ लाख ५५ हजारको प्रथम पुरस्कार थियो भने यसपटक ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् ।
त्यस्तै दोस्रो हुने टोलीले २ लाखा ५५ हजार ५ सय ५५ पाउनेछ । यसअघि उपविजेताले २ लाख १ हजार पाउदै आएको थियो । पोखरा रंगशालामा वैशाख ११ गते सम्म चल्ने प्रतियोगितामा १ विदेशीसहित १२ टोलीको सहभागिता रहने संघले जनाएको छ ।
प्रतियोगितामा ए डिभिजन क्लब रुस्लान थ्री स्टार, लक्ष्मी हुन्डाई मनाड् मस्र्याड्दी, त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै पूर्वाञ्चल, पश्चिमाञ्चल, झापा, धरान, रुपन्देही, सिमरा र आयोजक कास्कीको पोखराले पनि प्रतियोगिता भाग लिएको छ । एकमात्र विदेशी टोलीका रुपमा भारतको नयाँ दिल्लीको युनाइटेड क्लबको सहभागिता रहेको छ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]