6 years ago
December 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको सर्वाधिक धनराशिको तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितालाई सिजी ब्रूअरीको नेपाल आइसले निरन्तर साथ दिएको छ । पुष २४ देखि माघ ५ सम्म चल्ने प्रतियोगिता धनगढी रंगशालामा हुँदैछ ।
लगातार दोस्रो संस्करणको मुख्य प्रायोजक बनेको नेपाल आइसले शनिबार खप्तड गोल्डकप आयोजक सुदुरपश्चिम–११ स्पोर्टस् क्लबसँग सम्झौता प्रायोजना गरेको छ । सम्झौतामा आयोजकका अध्यक्ष सुरेश हमाल र सिजी ब्रिअरीको सिनियर जनरल म्यानेजर प्रदिप पुडासैनीले हस्ताक्षर गर्दै सम्झौता पत्र आदान प्रदान गरे ।
सम्झौता रकम नखुलाइएपनि राम्रै रकमा हस्ताक्षर गरिएको नेपाल आइसका सिनियर जनरल म्यानेजर प्रदिप पुडासैनीले बताए । ‘कम्पनीको प्रवर्द्धन आफ्नो ठाउँमा छ । यो प्रतियोगिताले नेपाली फुटबलको विकासमा ठूलो सहयोग पुग्नेमा हामी विश्वस्त छौं । त्यसैले फेरीपनि खप्तड गोल्डकपसँग जोडिएका हौं,’ सम्झौतापछि सिजी ब्रुअरीका जनरल म्यानेजर पुडासैनीले भने, ‘हामी खप्तड गोल्डकपलाई निरन्तर सहयोग गर्दै जानेछौं । फेरीपनि फुटबलसँग जोडिन पाउनु कम्पनीको लागि गौरवको पक्ष हो ।’
आयोजकका अध्यक्ष सुरेश हमालले सहयोगी हातहरु बढ्दै गएको र नेपाल आइस फेरि पनि खप्तड गोल्डकपँग जोडिंदा आयोजकको हौसला बढेको बताए ।
पुस २४ गतेबाट माघ ४ गते सम्म धनगढी रंगशालामा सञ्चालन हुने प्रतियोगितमा १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा रुस्लान थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, सिएमजी क्लब संकटा, काकाडभित्ता ट्रेनिङ सेन्टर झापा, नेपाल एपिएफ क्लब, च्यासल युथ क्लब र आयोजक सुदुरपश्चिम ११ स्पोर्टस् क्लबको सहभागिता रहनेछ । यस्तै विदेशी क्लबहरुमा दिल्ली युनाइटेड रहेको छ । लिग च्याम्पियन बनेको मनाङको सहभागिता केही दिनमा टुंगो लाग्ने आयोजक टोलीका महासचिव प्रकाश शाहीले बताए । उनले एक विदेशी टोलीसहित सहभागी हुने अन्तिम टोलीको टुङ्गो केही दिनमै लाग्ने बताए ।
प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ पाउनेछ । दोस्रो हुनेले १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल पाउनेछन् । विधागत तर्फका उत्कृष्ट खेलाडीहरुले जनही १५–१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछन् । प्रतियोगिताको लागि अनुमानित बजेट १ करोड ४० लाख रुपैयाँ रहेको छ । रकमहरु विभिन्न प्रायोजकबाट पुर्ति गरिने आयोजकले जनाएको छ ।
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]
March 13, 2025
दिपक बोहोरा,पाँचथर टाइब्रेकरमा भाग्यमानी बन्दै सप्तरीको नमोबुद्ध युथ क्लब पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नमोबुद्ध उपाधि नजिक पुगेको हो ।९० मिनेटको निर्धारित समयमा २-२ को बराबरी भएपछि टाइब्रेकरमा नमोबुद्धले बाजी मार्यो। टाइब्रेकरमा नमोबुद्धका विवेक गुरुङ, आयुष […]