6 years ago
December 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई ४-० ले पराजित गरेको छ । आर्मीको जितमा भरत खवासले २ तथा नवयुग श्रेष्ठले १ गोल गरे ।
आर्मीले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो । दिपक गुरुङको क्रसमा नवयुग श्रेष्ठले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । खेलको २९ औं मिनेटमा सरस्वती १० खेलाडीमा सिमित भयो । सुसन लामाले पेनाल्टी क्षेत्रभित्र भरत खवासलाई लडाएपछि रेफ्रीले सुसनलाई दोस्रो पहेंलो कार्ड दिँदै आर्मीलाई पेनाल्टी दिए । कप्तान भरतले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्मीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको सुरुवातमै आर्मीले अग्रता बढायो । ६२ औं मिनेटमा भरतले व्यक्तिगत दोस्रो गोल गरे । सन्तोष तामाङको फ्रिकिक गोलरक्षक प्रदिप भण्डारीले नियन्त्रणमा लिन नसक्दा आएको रिबाउन्डमा भरतले गोल गरेका थिए । ८० औं मिनेटमा भरतकै मुभमा आर्मीले चौथो गोल गर्यो । उनले गरेको प्रहार सरस्वतीका आलुसोला इब्राहिमलाई लाग्दै गोलमा परिणत भएको थियो ।
८६ औं मिनेटमा सरस्वतीका तिर्थ बस्नेतले एक मिनेटको अन्तरमा दुई मौका गुमाए । उनले वन भर्सेस वन स्थितिमा प्राप्त गरेको दुवै अवसरमा गरेको प्रहारलाई पोस्टको दिशा दिन सकेनन् ।
यस जितसँगै आर्मीले ११ खेलमा ६ जित र २ बराबरीसँगै २१ अंक जोडेको छ । आर्मी चौथो स्थानमा यथावत छ । सरस्वती भने ११ खेलमा ३ जित र १ बराबरीसँगै दशौं स्थानमा नै यथावत छ ।
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]
March 13, 2025
दिपक बोहोरा,पाँचथर टाइब्रेकरमा भाग्यमानी बन्दै सप्तरीको नमोबुद्ध युथ क्लब पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नमोबुद्ध उपाधि नजिक पुगेको हो ।९० मिनेटको निर्धारित समयमा २-२ को बराबरी भएपछि टाइब्रेकरमा नमोबुद्धले बाजी मार्यो। टाइब्रेकरमा नमोबुद्धका विवेक गुरुङ, आयुष […]