6 years ago
December 28, 2018
एजेन्सी – युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले केहि साता अघि बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन चुनौती दिएका थिए । उक्त चुनौतीलाई मेसीले जवाफ दिएका छन् ।
इटालीको प्रतिष्ठित ला गजेटा डेलो स्पोर्ट ले लिएको अन्तर्वार्तामा रोनाल्डोलाई मेसीसँगको प्रतिस्पर्धा कतिको मिस भएको छ भन्ने प्रश्न गरिएको थियो । उक्त प्रश्नमा उनले मेसीसँगको प्रतिस्पर्धा केहि हदसम्म मिस भएको बताएका थिए । तर उनले मेसीलाई पनि नयाँ चुनौती लिने समय भएको बताएका थिए ।
‘मैले मेसीलाई केहि मिस पक्कै गरेको छु । मैले पोर्चुगलमा आफ्नो करिअर सुरु गर्दै इंग्ल्यान्ड र स्पेन हुँदै अहिले इटालीमा आएको छु । उनले आफ्नो पूरा करिअर स्पेनमा नै खेलेका छन् । मलाई लाग्छ उनले अब स्पेन छाडेर अन्यत्र लिगमा पनि खेल्नुपर्छ,’ रोनाल्डोले भनेका थिए ।
रोनाल्डो यसै सिजनको सुरुवातमा १ सय मिलियन युरोमा इटालीको च्याम्पियन युभेन्ट्स पुगेका थिए । रियल म्याड्रिडलाई लगातार ३ पटक च्याम्पियन्स लिग उपाधि दिलाउँदा नायक सावित भएका रोनाल्डोले रियलमा छँदा मेसीविरुद्ध थुप्रै खेल खेले । दुवै खेलाडीले यस क्रममा व्यक्तिगत र टोलीको लागि सफलता पनि हासिल गरेका थिए ।
‘मेरो लागि जिन्दगि भनेको चुनौती हो । नयाँ चुनौतीको सामना गर्न मलाई मनपर्छ र म यसमा खुसी पनि छु । म उनी इटाली आएर खेलेको हेर्न चाहन्छु । मैलेजस्तै उनले पनि नयाँ चुनौतीको सामना गर्नुपर्छ । तर उनी त्यहाँ स्पेनमा नै खुसी छन् भने म त्यसको सम्मान गर्छु,’ उनले थपे ।
‘मेसी निकै राम्रा खेलाडी हुन् र उत्तिकै सालिन व्यक्ति पनि । मैले उनलाई यहाँ खासै मिस गरेको छैन । मेरो नयाँ चुनौतीको सामना गर्नुपर्दा म खुसी छु,’ उनले टुंग्याए ।
मेसीले रोनाल्डोको यस अभिव्यक्तिप्रति आफ्नो जवाफ दिएका छन् । ‘रोनाल्डोले इटाली खेल्न दिएको चुनौती मैले स्विकार्नु जरुरि छैन । म अहिले विश्वकै उत्कृष्ट टोलीमा खेलिरहेको छु । मेरो लागि हरेक वर्ष नयाँ चुनौती आउँछन्,’ उनले भने,’ मैले टोली परिवर्तन गर्नु जरुरी छैन । म अहिले घरेलु मैदानमा खेलिरहेको छु र एकदम खुसी छु ।’
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]