default_image

6 years ago

December 31, 2018

‘नेयमार बार्सिलोना फर्के खुसी लाग्छ’ -मेसी

106 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेसीले नेयमार पुरानै क्लबमा फर्केमा आफुलाई खुसी लाग्ने बताएका छन् । उनीले आफुले क्लब छाड्ने कुनै सम्भावना नभएको पनि प्रष्ट पारेका छन् ।

सन् २०१७ मा नेयमार विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । पिएसजी पुगेको केहि समयपछि नै नेयमार पुनः पूर्व क्लब वा स्पेनकै अर्को बलियो टोली रियल म्याड्रिड फर्कन सक्ने अनुमान गरिएको थियो ।

मेसीले नेयमारसँगको पुर्नमिलन कठिन रहेको उल्लेख गर्दै भनेका छन्, ‘यदि त्यो सम्भव भए मलाई खुसी लाग्नेछ । यो कठिन छ । यदि उनी फर्के भने हामीलाई खुसी लाग्नेछ । उनी जस्तो खेलाडी ड्रेसिङ रुमा हुनुको ठूलो अथ छ । हामी साथी छौं । हामीले निकै राम्रा पलसँगै बिताएका छौं,’ मेसीले स्मरण गरे, ‘त्यसमा केहि दुःखत क्षण पनि छन् । तर पनि हामीले लामो समयसँगै बितायौं । उनले पहिलो क्लब छाड्ने विषय हाम्रा लागि सोच्न पनि कठिन थियो । तर उनी गए ।’

३१ वर्षे मेसीले भविष्यमा बार्सिलोना छाड्ने विषय पनि अस्वीकार गरेका छन् । ‘मैले परिवर्तन गर्नुपर्ने केहि छैन । म संसारको उत्कृष्ट टोलीबाट खेलिरहेको छु ,’ मेसीले भने,’ मैले क्लब वा लिग फेर्नुपर्ने कुनै कारण छैन । म घरमा छु र दुनियाँका उत्कृष्ट टोलीमा छु । त्यसैले परिवर्तनको कुनै कारण मैले देखेको छैन ।’

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.