default_image

6 years ago

December 28, 2018

रियलमै रहेर सन्यास लिने मोड्रिचको इच्छा !

122 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर ब्यालोन डी ओर विजेता लुका मोड्रिचले रियलमा रहरै खेल जीवनबाट सन्यास लिने इच्छा रहेको बताएका छन् । उनले अबको उद्देश्य रियलमै रहेर खेल जीवनबाट विश्राम लिनु रहेको प्रष्ट पारेका हुन् ।

सिजनको सुरुवातमा रियलसँग सम्झौताका विषयमा केहि असन्तुष्ट रहेको भनिएका ३३ वर्षे मोड्रिच इन्टर मिलान जाने चर्चा पनि चलेको थियो । तर, रियल उनलाई क्लबमै रहने विषयमा सहमत गराउन सफल भएको बताइएको छ । उनको पारिश्रमिकमा बृद्धि गरिएको पनि औपचारिक रुपमा भने कुनै निर्णय सार्वजनिक भएको छैन ।

विश्व कप फुटबलमा क्रोएसियालाई फाइनल सम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मोड्रिडले व्यक्तिगत उत्कृष्ट यो वर्षका सबै अवार्ड जितिसकेका छन् । विश्व कपमै उत्कृष्ट खेलाडी चुनिएका उनले फिफा बेस्ट अवार्ड र ब्यालोन डी ओर जितेका थिए । अहिले आएर भने उनले आफु रियलमा खुसी रहेकोको बताएका छन् ।

‘म चाहन्छु की मेरो खेल जीवनको अन्त्य यहि होस् । त्यो मेरो लागि त्यो महत्वपूर्ण छ,’ उनले भने, ‘मैले माथिल्लो स्तरमा रहेर खेल्नु पर्छ । त्यो आफैंमा सहज छैन ।’ सिजनको सुरुवात मोड्रिचले कमजोर रुपमा गरेका थिए ।

मैदान भित्रको व्यस्तताका कारण उनी केहि थकित भएको अनुमान गरिएको थियो । पछिल्लो समय भने उनी फेरि लयमा देखिएको विश्वास गरिएको छ । उनी लयमा फर्कदा घरेलु लिग र च्याम्पियन्स लिगमा रियलको चुनौति बलियो हुने अपेक्षा गरिएको छ ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.