6 years ago
December 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार भ्याली च्यासल युवा क्लब र नेपाल एपीएफ क्लबको खेल १-१ को बराबरीमा टुंगिएको छ ।
खेलको पहिलो हाफको सातौं मिनेटमा च्यासलका अमिर श्रेष्ठले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । २५ अौं मिनेटमा अाशीष लामाको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा एपीएफ अग्रता लिनबाट चुक्यो ।
३१ अौं मिनेटमा च्यासलले खेलमा सुरुवाती अग्रता बनायो । सन्तबहादुर गुरुङले पेनाल्टी क्षेत्रभित्रबाट सहजै गोल गरे । विश्व अधिकारीको प्रहार एपीएका सन्तोष कुमार कटुवालले रोकेपनि गोलरक्षक राजु योगी पोजिसनमा नभएको अवस्थामा सन्तबहादुरले गोल गरे ।
खेलको ४२ अौं मिनेटमा एपीएफले पेनाल्टी पाएपनि बराबरी गोल फर्काउन भने सकेन । सुदिप सिख्राकारको प्रहारलाई गोलरक्षक दिनेश थापामगरले अाफ्नो बायाँतर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरे । च्यासल कप्तान देवेन्द्र तामाङले आशिष लामालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
दोस्रो हाफको सुरुवातमै एपीएफले बराबरी गोल फर्कायो । ५४ औं मिनेटमा एपीएफका श्याम नेपालीले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले बचाउन सकेनन् । ७७ औं मिनेटमा च्यासल १० खेलाडीमा समेटियो । गौरव बुढाथोकीले दोहोरो पहेंलो कार्ड पाएपछि मैदान छाड्न बाध्य भए ।
८७ औं मिनेटमा एपीएफका प्रदिप लामाले ६ यार्ड बक्सभित्रबाट गरेको प्रहार पोस्टबाहिर गयो । ८९ औं मिनेटमा सन्तबहादुर गुरुङले च्यासललाई खेल जिताउने सुवर्ण अवसर खेर फाले । छिरिङ गुरुङको पासमा सन्तबहादुरले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा बललाई सहजै नियन्त्रणमा लिएपनि प्रहारलाई पोस्टको दिशा दिन सकेनन् । इन्ज्युरी समयको पहिलो मिनेटमा एपीएफका राजन गुरुङले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।
यस बराबरीसँगै अंक तालिकामा दुवै टोली यथास्थानमा रहेका छन् । छैटौं स्थानको एपीएफले ११ खेलमा ५ जित र २ बराबरीसँगै १७ अंक जोडेको छ । आठौं स्थानको च्यासलले ११ खेलमा ४ जित र ३ बराबरीसँगै १५ अंक बनाएको छ ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]