6 years ago
December 27, 2018
वाटफोर्ड (एजेन्सी) – बेल्जियन फरवार्ड इडेन हजार्डको दुई गोल मद्दतमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डलाई २–१ ले पराजित गरेको छ ।
घरेलु मैदानमा वाटफोर्डका रोबर्टाे पेरेराले एक गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले माटियो कोभासिकले उपलब्ध गराएको पासलाई सदुपयोग गरेका थिए ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रोबर्टाे पेरेराले गोल गरेपछि पहिलो हाफमा १–१ गोलको बराबरीमा पुगेको थियो । जोसे होलेवासको कर्नरमा आएको बललाई रोबर्टाेले पोस्ट नजिकैबाट गरेको भली प्रहारमार्फत गोल गरेका थिए ।
५८औं मिनेटमा हजार्डले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । बल अघि बढाएको अवस्थामा वाटफोर्डका गोलरक्षक विन फोस्टरले हजार्ड माथि फल गरेपछि चेल्सीले पेनाल्टीको मौका पाएको थियो । जसलाई उनी आफैले सदुपयोग गरे ।
त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो । जितपछि चेल्सी ४० अंक जोडेर लिगको चौथो स्थानमा यथावत छ । पराजित वाटफोर्ड २७ अंकसहित नवौं स्थानमा छ ।
लिग अन्तरगत नै बुधबार राति भएको खेलमा आर्सनल ब्राइटन होव अल्वियोनसँग १–१ गोलको बराबरीमा रोकियो । आर्सनलका पिएरे हेनरिक औवामियाङले खेलको सातौ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५औं मिनेटमा घरेलु टोलीका जर्गेन लोकाडियाले बराबरी गोल फर्काए ।
बराबरीपछि आर्सनलले चौथो स्थानमा रहेको चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । आर्सनलको ३८ अंक पुगेको छ । ब्राइटन २२ अंक जोडेर १३औं स्थानमा छ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]