6 years ago
December 26, 2018
एजेन्सी – ब्राजिलियन फरवार्ड नेयामारले निकट भविष्यमा बार्सिलोना फर्कने संकेत दिएका छन् । २६ वर्षीय फरवार्डले सन् २०१७ को ट्रान्सफर विन्डोमा २ सय २० मिलियन युरोमा बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए ।
नेयमारले बार्सिलोना छाड्ने बेलामा गरेको व्यवहारका कारण उनलाई समर्थकहरुले पछिल्लो समय रुचाएका छैनन् । तर यसका बाबजुद नेयमारको व्यवस्थापनमा काम गर्ने व्यक्तिहरुले निरन्तर रुपमा बार्सिलोनालाई सम्पर्क गरेर उनलाई क्लबमा फर्कने प्रबन्ध मिलाउन सल्लाह गरिरहेका छन् । नेयमार आफैं पनि बेलाबेलामा बार्सिलोना पुग्ने गरेको स्रोतले जनाएको छ ।
‘ नेयमार जब आफ्नो व्यक्तिगत कामले बार्सिलोना आउँछन् उनले क्लब र ड्रेसीङ रुममा पुगेर केहि समय बिताउने गर्छन् । उनले क्लब छाड्नु नै गलत निर्णय थियो,’ स्रोतले थप्यो, ‘उनीसँग यहाँ सबथोक थियो । उनले आफ्नो चाहनाअनुसार नै क्लब छाडे । अब उनी फर्कंदा वातावरण कस्तो हुन्छ भन्ने हामीले बुझ्न कठिन छ ।’
पीएसजीले नेयमारलाई यसै वर्ष छाड्ने कुनै संकेत देखिएको छैन । तर युवा फरवार्ड किलियन एमबाप्पेको उदयले नेयमारको बार्सिलोना फर्कने चाहना भने पूरा हुन सक्छ । पीएसजीका मालिक नासेर अल खेलाफी र नेयमारइच् अर्को सिजन क्लब छाड्न दिने सम्झौता रहेको छ । यसका लागि क्लबले उनलाई खरिद गर्न खर्चेको रकम भने परिपूर्ति गर्नुपर्ने छ ।
सन् २०२० मा कुनैपनि क्लबले २ सय १५ मिलियन युरो खर्चेर उनलाई अनुबन्ध गर्न सक्नेछ । त्यसअघि नेयमारले क्लब छाड्न भने खेलाडी र क्लब दुवैले नयाँ क्लबसँग सम्झौता गर्नुपर्नेछ, जुन सहज देखिँदैन । यसअघि रियल म्याड्रिडले पनि नेयमारलाई भित्र्याउने भनेपनि उनको नजर भने बार्सिलोनामै रहेको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]