default_image

6 years ago

December 26, 2018

बीबीसीमाथि शेर्पाको फराकिलो जित

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ४-१ ले पराजित गरेको छ । शेर्पाको जितमा विश्वास श्रेष्ठले दुई गोल गरे ।

निकै प्रतिस्पर्धात्मक खेलमा ब्रिगेड ब्वाइजका लागि रितिक खड्काको पासमा काजिम बुसारीको प्रहार पोष्टबाट थोरै बाहिरियो । १८औं मिनेटमा शिशिर लेखीको क्रसमा काजिम बुसारी र ताजुदिन बुसारीभेट्न सकेन । २३औं मिनेटमा रितिक खड्काको बक्स बाहिरको प्रहार पोस्टबाट थोरै बाहिरियो । ४०औं मिनेटमा कर्ण लिम्बूको प्रहार बीबीसीका गोलरक्षक सागर रायले फुस्काएपनि पुन गल्ती गरेनन् ।

दोसोर हाफको ४६औं मिनेटमा शेर्पाका ड्याडी जुनियर वाम्वाले शेर्पालाई सुरुवाती अग्रता दिलाए । ५१औं मिनेटमा शेर्पाका भिषण गुरुङको पेनाल्टी क्षेत्रबाहिरको फितलो प्रहार सिधै गोलमा परिणत भयो । गोलरक्षक सागर रायको कमजोर गोलरक्षणमा गोल सम्भव भएको थियो ।

६२औं मिनेटमा शेर्पाका लागि विश्वास श्रेष्ठले तेस्रो गोल गरे । फरवार्ड कर्ण लिम्बूले डिफेन्डरबाट खोसेर दिएको पासमा विश्वासले सहजै गोल गरे । खेलको १० मिनेट समय बाँकी रहँदा शेर्पाका गोहा प्याट्रिक प्रिभटको पासमा विश्वास श्रेष्ठले व्यक्तिगत दोस्रो  गोल गरे । ८७औं मिनेटमा बीबीसीका अनिल राईको पासमा वर्तमान राईले सान्तवना गोल गरे ।

यस जितसँगै शेर्पाको ११ खेलमा ५ जित र २ बराबरीसँगै १७ अंक भएको छ । ब्रिगेड ब्वाइज ११ खेलमा १ जित र ३ बराबरीसँगै ६ अंकसहित अन्तिम ३ मै अड्केको छ ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.